नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला

२१ असार , काठमाडौ । चितवनको राप्ती नगरपालिकाबाट नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला परेको छ ।
नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार आइतबार अपराह्न शव भेटिएको थियो । शव साँझ मात्र सुजिताका परिवारले पहिचान गरेका थिए ।
एसपी अधिकारीका अनुसार सुजिताले बेपत्ता भएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएको अनुसन्धानबाट खुलेको छ । त्यस लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
भण्डारी असार ११ …