३१ भाद्र , काठमाडौँ । भनिन्छ नि, ” एउटा नबिग्री अर्को सपृन्न अनि हतार नगरे कतार पुगिन्न !” अझैपनि खेतिलाई मन्सुन र जागिरलाई भनसुन चलिरहेको छ। कमाउने कमाइरहेका छन, रमाउने रमाइरहेका छन । अझ अहिले त बच्चा अपहरण जस्ता अपराधहरु दिनदिनै बढीरहेको छ ।

चोरी डकैतीका घटनाहरु त झन सामान्य नै भए । बलात्कृत नाबालिकाहरुको दोशी पत्ता लगाउने सवालमा सरकारले आदेश दिएपनि सम्बन्धित निकाए मौन रहन बाध्य हुन्छन ! उल्टो सन्चार माध्याममा आइरहेको छ कि, प्रमाण नष्ट भयो । प्रसङ थियो : दुई वर्ष अगाडि बल्खुमा बाराको एक युवकबाट मारिएकी एक गोर्खाकी युबतीका आफन्तको पीडाबोधको । हिजोआज पनि उनका आफन्तले न्याय खोजिरहेका छन तर प्रशासन मौन छ ! उनीहरु भन्छन ” यदि प्रहरीको लागि सबै नागरिक समान हुन भने किन भाइचारा व्यवहार ? ” त्यसैले नुन र सुनको दाग लागेपछि कर्मचारी होस या अरु कुनै , आफ्नो परिवार पनि भुल्छन भनेको सहि हो । हुनत , विश्वमा अपराधि पत्ता लगाउन अव्वल कहलिएका नेपाल प्रहरी भित्र पनि रमेश खरेलजस्ता स्वाभिमानी रास्ट्रसेवक पनि नभएका होइनन । तर देशका जनताले वास्तविक न्याय पाउने हो भने यो देशमा पहिला अदालत र प्रहरी प्रशासन सुधृनुपर्छ ।

जनताको वास्तविक लोकतन्त्र फस्टाउन तब मात्र सक्छ जब कानुनी राज्यको प्रत्याभूति जनताले पाउँछन् र यी सस्थाहरुले जनताको काम गर्ने सिल्सिलामा दामको लोभ गर्दैनन ! हाल सरकारले यस्ता कुरामा ध्यान दिनुको सट्टा उल्टो चुनावी भागबन्डाको रडाकोमा रुमलिरहेको छ । करिब, महिनौं दिन भइसक्यो बालुवाटारको चुनावी सरकारले पनि सल्लाहाकरमा राजनैतिक बिचौलियाहरुलाई भन्दा अलि जाने बुझेका बिज्ञको समुहलाई राख्यो भने मात्र सहज परिस्थिति आउन सक्ला अन्यथा जनताका यस्ता समस्या सुल्झाउने चासो कसलाई हुने ?
खिमराज गिरी