Comments Add Comment

Advertisment

SKIP THIS

प्रभु बैंकको २१औं साधारणसभा सम्पन्न

१५ पुष , काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष लीलाप्रसाद सिटौलाको अध्यक्षतामा बबरमहलमा सम्पन्न भएको हो ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ६।५० प्रतिशत बोनस सेयर र १।५० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गरिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७९÷०८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एकापसमा गाभ्ने÷गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि पारित गरिएको छ ।

त्यसैगरी, सभाले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णयलगायतका सम्पूर्ण कार्य अनुमोदन गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै