Comments Add Comment

Advertisment

SKIP THIS

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

१७ पुष , काठमाडौ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक९दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

सोमबार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक९दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै