Comments Add Comment

Advertisment

SKIP THIS

वर्षा शिवाकोटी स्टारर चलचित्र ‘ए साथी सुन’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक

५ फागुन , काठमाडौ । वर्षा शिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’को पोस्टरसहित रिलिज डेट सार्वजनिक भएको छ ।

सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । यो चलचित्र चैत १० गते देशभर रिलिज हुने भएको छ ।

लभस्टोरी, थ्रिलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय देख्न सकिनेछ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा छन् ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई वीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सह–निर्मातामा सुदीप पौडेल छन् ।

फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै