Comments Add Comment

Advertisment

SKIP THIS

मणिपालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना’मा आवद्ध भए २ सहकारी संस्था

१० फागुन , पोखरा ।  मनिपाल शिक्षण अस्पतालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा स्वागतम बहुउदेश्य सहकारी र नविन बचत तथा ऋण सहकारी संस्थाले अस्पतालसंग सहकार्य गर्ने भएका छन् ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा मंगलबार २ सहकारी संस्थाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र स्वागतम बहुउदेश्य सहकारीको तर्फबाट अध्यक्ष सुरेन कुमार नेपालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, नविन सहकारीले पनि बुधबार नै ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘ अन्र्तगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । सहकारीका तर्फबाट संस्थाका अध्यक्ष ज्ञेहेनेश्वर कोइराला र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल बिच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

ब्यावसायिक प्रतिष्ठान तथा संघ संस्थाहरुले यो योजनाको लाभ लिनका लागि संघ,संस्था तथा ब्यवसायिक प्रतिष्ठानमा कम्तिमा ५० सदस्य हुनु पर्ने छ । ब्याबसायिक प्रतिष्ठान तथा संघ,सस्थाहरुलाई स्वास्थ्य परिक्षणमा सुबिधा उपलब्ध गराउने हेतुले मनिपाल शिक्षण अस्पातलले स‌ंस्थागत स्वास्थ्य सेवा छुट योजना ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment