२१ कात्तिक , काठमाडौ । बागमती प्रदेशका मन्त्रीका अंगरक्षण मृत फेला परेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षण झुण्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
प्रहरी सहायक निरीक्षक यामबहादुर सुवेदी हेटौँडा उपमहानगरपालिका–११ स्थित वनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको हो । बिहान ६ बजेतिर खबर आएपछि मोबाइल ट्रयाक गरेर पुग्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार सुवेदी हिजोसम्म मन्त्रीसँगै हुनुहुन्थ्यो । ड्युटी अर्कोलाई जिम्मा दिएर घर जान भनी हिँड्नुभएको थियो । प्रहरी सहायक निरीक्षक सुवेदीको घर मकपानपुरकै मनोहरी गाउँपालिका–७ मा रहेको छ ।
अहिले शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।



