४ पुष , काठमाडौ । “ संकटमा कालावजारी तथा देशमा भ्रष्टाचार गर्नेलाई पाँच जना साक्षी राखि काटिदिन जुद्ध शमशेर नतसी ३ को आदेश पर्खिन पर्दैन ।” नतसी ३ जंगबहादर राणा निरकुंश शासक भनिएता पनि कम्सेकम बेलायतलाई रिझाएर हाम्रो पछिल्लो पटक गुमेको मलक बाँके, बर्दीया, कैलाली र कञ्चनपुर फिर्ता त गराए ।

तराईको पुर्व पश्चिम
राजमार्ग बनाउने समयमा पनि राजा महेन्द्रलाई भारतीय प्रधानमन्त्री इन्धिरा गान्धीले हामीलाई नसोधि राजमार्ग किन बनाउन लाग्न भएको भन्दा यो हाम्रो देशको आन्तरिक मामला हो तपाइको अनुमतिको आवश्यकता पर्दैन भनेर स्व.राजा महेन्द्रले गतिलै जवाफ दिएका कुरा इतिहासमा पढन पाइन्छ ।

उनको शासनकालमा
विदेशी कुटनीति अब्बल भएको कुरा इतिहासवीदहरु बताउँछन् । विदेशी शासकहरुको गिद्ये दृष्टिवारे नजिकबाट केलाइरहेका राजा महेन्द्रले दक्षिणको शासक धुर्त छ भन्ने कुरा बुझेर नै उत्तरी छिमकी चीनका नेता चाउयानलाई नेपालमा भब्य स्वागत गरेपछि बल्ल भारतीय प्रधानमन्त्री इन्धिरा गान्धी झस्किएकी थिइन भनिन्छ ।

विशेष गरी भारतीय शासकको नेपालप्रतिको गिद्ये दृष्टि देखेर नै सवै दलसँग मिलेर नेपालमा बहुदलीय संबैधानिक राजतन्त्रात्मक ब्यबस्था लागु गर्ने भित्रि रणनीतिमा पुगेका थिए राजा महेन्द्र र बि.सं.२०२८ साल फागुनमा घोषणा नै गर्ने मनस्थिति बनाएका उनी माघ ३ गते चितवनको दियालो बंगाला जाँदा र त्यहाँको केही दिनको बसाइपछि उनलाई मुको ब्यथाले झन चाप्न थाल्यो र अचानक उनको देहवासन भयो भनिन्छ ।

वास्तवमा निंरकुश पञ्चायती शासन ब्यबस्था लागु गरे पनि देशप्रतिको उनको अगाध प्रेमलाई भने अहिलेका बहुदलबादी नेताहरु र नेपाली जनताले कहिल्यै भुल्न हुँदैन । किनकी अहिले हाम्रो देशमा भएका प्राकृतिक सोत र साधन तथा विभिन्न खनिज पदार्थहरु त्यत्तिकै खेर गइरहेका छन् । यसको सदुपयोग हुन सकिरहेको अवस्था छैन । जतिपटक चुनाव भए पनि र जुकै दलको सरकार भए पनि एक त आन्तरिक द्धन्द्धले टिक्नै सक्दैनन् अर्को त्यहि मौकामा विदेशीहरुले धमिलो पानीमा माछा मारिहान्छन् र नेपाली नेताहरु उनहिरुकै स्वार्थको जालोमा फँसीहाल्छन् ।

अनि कसर देश विकास तथा राष्ट्रियता र राष्ट्रकोवारेमा
सोच्न सकिने वातावरण बन्छ त उता देशका विभिन्न सीमानाहरु मिचिएका छन् । यसवारेमा जिम्मेवार नेता तथा शासकहरुको नजर जाँदैन । केपी प्रधानमन्त्री भएका बखत नेपालको पश्चिमि सीमाना कालापानी, लिम्पियाधुरा तथा लिपुलेकवारे फिर्ता ल्याउनको लागि संसदीय बहस नै भएको र यसवारेमा सवै दलहरुको प्रतिवद्धता थियो तर पछि शासकहरु फेरिए र ढोगे प्रबृत्तिले गर्दा यो पनि सवै विदशी दासत्वमा परिणत भयो ।

वास्तवमा त्यो जमानामा पनि एउटा निरकुंश शासकहरुको देशप्रतिको शासकीय प्रतिबद्धता र कालावजारी तथा भ्रष्टाचारप्रतिको कठोर नीतिहरु पढ्दा लाग्छ गणतन्त्रमा अहिले भद्या मजाक त भइरहेको छैन साँच्चै देश आर्थिक मन्दीले टाट पल्टिसकेको छ । देशमा सामाजिक तथा धार्मिक सद्भाव भड्काइ राखिएको छ ।

दिनानुदिन हजारौं युवाहरुको विदेश यात्रा रोकिएको छैन । एउटा संभ्रान्त परिवारका जेष्ठ नागरिकको जीवनको अन्तिम भोगाईको काँहानी तथा कथाब्यथा सुृन्ने हो भने कहाली लाग्दो छ । ”घरभरी जहाँन बारीमा बाँदरको रोइलोे” भनेजस्तो साानो छइज्जेल खाई नखाई बच्चाहरु हुर्कायो, बढायो, पढायो जव ठ७त्रगयतसला हुन्छन् अनि पँखेटा लागेपछि चराको जस्तो परदेशतिर लाग्छन् छोराछोरीहरु ।

त्यसपछि उनीहरुको आगमन दुई दिनको पाहना, घरमा बुढी मात्र अनि बुढेसकालको सहारा कहाँ त भन्दा उही देवघाटको यात्रा हुन थालेको छ नेपालजस्तो गरिब देशको कहाँनी । गाउँघरमा अहिले बुढापाका र केही केटाकेटीवाहेक प्रायः बसाई पातालिँदै गएको छ । साँच्चै उजाड छ अहिले गाउँघर ! खेतीपातीले धान्दैन ।

अझ पहाडतिर त भएका खेतीपातीमा पनि बाँदर र हात्ती तथा अन्य जंगली जनावरले थन्क्याउन दिँदैन । लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा घर वसेर मनले मान्दैन किनकि परिवारको पीडा अनि हातमुख जोड्ने बाध्यताले कतिका घरपविारका बैसालु छोराछोरीहरु परदेशीएका छन् । खास त त्यो रहर होइन बाध्यता हो र सायद गणतन्त्रमा उब्जाइएको परिस्थितिको उपज पनि ।

वास्तवमा देशको अहिलेको परिस्थिति संम्झिँदा चुनावको समयमा जनता बेविचारी भएर,राजनीतिले कहिल्यै स्थिरता पाएन । कार्यकर्ताको घेराउमा नेता तथा कमाउ धन्दाले शासकीय प्रबृत्ति कहिल्यै ठीक भएन । ठेकेदार प्रबृत्तिको हावी भएर विकासको गतिविििध कहिल्यै सारमा आएन । युवा विदेश जाने होडवाजीले घरपरिवारमा कहिल्यै शान्ति छाएन ।

नेपालको उच्च प्रशासनमा नेताको झोला बोक्ने ब्यक्तिहरु कार्यालय प्रम७त्रगयतसख हुने तर पढाइमा अब्बल कहलाएका विद्यार्थीहरु अमेरिका जागिर खान जान्छन् । विज्ञहरुको भनाई छ कि, अवको दश वर्षपछि नेपालको हाइस्क सालमा पढाउने टिचर पाउँन मुश्किल हुनेछ । युनिभसिटीको त कुरै छोडौं ।

सवै दलका प्रायः नेताहरुको ब्ल्याक मनी तह लगाउने माध्यम बनेका छन् नेपालका कलेज, स्कुल, युनिभसिटी तथा मेडिकल कलेजहरु । प्राकृतिक सोत र साधनहरुको सही सदुपयोग गर्न नसक्दा कृषि क्षेत्र अन्योलमा छ । खाली धान मात्र रोप्नु ठसको कुरा होइन कि त्यसको बदलामा अन्य नगदे बाली पनि लगाउन सकिन्छ । शिक्षामा सँधै सैद्धान्तिक नीति मात्र लागु भयो भने कहिल्यै ब्यबहारिक शिक्षातिर मन कसैको गएन । त्यसैले नीतिगत शिक्षामा परिवर्तन ल्याउनुपर्दछ ।

देशमा भएका विकासका सम्भावनाहरुलाई नकार्दा र पारिवारिक परिबेशले गर्दा विदेश जान बाध्य बनाइएका युवाहरुलाई स्वदेशमा नै रोजगारी दिने वातावरण जबसम्म बन्दैन तवसम्म देशको प्रगतिको लागि कल्पना तथा माला जप्नुबाहेक बिकल्प केही देखिन्न ।

तसर्थ साँच्चै संकटमा दादागिरी देखाउने बाघ भन्दा जुक्तिले काम गर्ने श्याल नै ठीक हुन्छ भनेर बुढापाकाले भनेको उखान अहिले नेपालको परिप्रेक्षमा सापेक्षता देखिन्छ । फेरि जंगलमा सिंंह नहुदा छेपारो खान पल्केका ब्वाँसाहरु सिँहको आगमनमा झाडी भित्र पसि भ्याकुर खोजिरहँदा बहादुरीताको तराजुमा नैतिकताको खडेरी मापन गर्नुपर्न होइन भन्ने प्रश्न खडा हुन सक्छ ।

आप्नो पालामा बम््लुट अर्काको पालामा झोलाभरी भुत अनि जसले जे बोलेपनि हुने, कानुनको उल्लंघन गर्नेलाई पनि छुट यो निराशाको स्थिति कहिले सम्म त आज सारा जनताले अहिलेको शासकीय प्रबृत्ति देखेर निरंकुश कहलिएका राणशासकमध्येका एक वीर शासक जुद्ध शमशेर जो एक हक्की स्वभावका थिए ।

जसले भ्रष्टाचार, दुराचार, बेविचारी तथा दुई नम्वरी धन्दा गर्नेलाई देखिसहन्नथे भनिन्छ । हो, अहिले भलै २१ औं शताब्दीको गणतन्त्रको मन्त्र जपिरहेको बेलामासमेत विभिन्न टोलैपिच्छेका नेता तथा कार्याकर्ताको झिटी झाम्टाको रक्षा गर्नुभन्दा कम्सेकम एक कदम अगाडि बढेर निश्वार्थ भावनाले पहिलेका केही ससुधारवादी तथा उदारवादी शासकलाई सम्झेर आप्mनो राजनीतिक, सामाजिक तथा धार्मिक गतिविधिलाई आफ्नो माटो सुहाउँदो संस्कार अनि संस्कृतिमा मलजल राख्न सकियो भने हामीलाई विदेशी तथा नेपाल भित्र भएका स्वदेशी मतियारले हेप्न नसक्लान अन्यथा हाम्रो गीतै छ कि, “नेपाली हामी रहौंला काँहा नेपालै नरहे ।”