Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा बसेर अवैधरुपमा सट्टेवाजी गेम खेलाउने १३ भारतीयलाई प्रहरीले सार्वजनिक

रुपन्देही । बुटवलमा अवैधरुपमा अनलाइन गेम (सट्टेवाजी) खेलाउने १३ भारतीयलाई प्रहरीले सार्वजनिक गरेको छ । विशेष सूचनाका आधारमा सोमबार पक्राउ परेका उनीहरु लामो समयदेखि बुटवलको कालिकानगरमा घर भाडामा लिएर यस्तो गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा पक्राउ परेका १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गरेको सबै सामग्रीहरु प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार दिउँसो सबा ३ बजे कालिकानगरस्थित अञ्जन शर्माको घरको पहिलो र दोस्रो तलामा रहेको यो टोली पक्राउ गर्न प्रहरी नायव उपरीक्षक विजयराज पण्डित आफै खटेका थिए ।

सट्टेबाजीमा प्रयोग भएको ल्ययाप्टप १३ थान, मोबाइल ३९ थान, राउटर थान ४ सहित विद्युतीय उपकरणहरु बरामद गरी उनीहरु उपर जुवा सट्टेबाजी शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप लिई थप अनुसन्धान थालेको इप्रका बुटवलका प्रमुख विजयराज पण्डितले जनाए ।

पक्राउ पर्नेहरुमा भारत, राजस्थान झुनझुन, चिडवा पंचायतका २५ वर्षीय मुकेश कुमार, ३३ वर्षीय रबिन्द्र सिंह, उत्तर प्रदेश गोरखपुर अस्करगंज पंचायतका २६ वर्षीय ओसिम खान, पश्चिमबंगाल राज्य, हुगली जिल्ला कोलकता सिटीका २७ वर्षीय समिम खान, राजस्थान राज्य, सिक्करस्थित लक्ष्मणगढ पंचायतका २५ वर्षीय जुगल किशोर, राजस्थानकै सिक्कर, खण्डेला पंचायतका २७ वर्षीय महेन्द्र चौधरी, सोही स्थानकै ३० वर्षीय सिसराम चौधरी, राजस्थानकै जयपुर जिल्ला अर्मडा पंचायत ३० वर्षीय रोहित तास, राजस्थानकै हनुमानगढ जिल्ला, रामपुर पंचायतका २१ वर्षीय भिमसेन चौधरी, राजस्थानकै झुनझुनु जिल्ला, नवलगढ पंचायतका २३ वर्षीय मनोज कुमार, राजस्थानकै झुनझुनु, जयपुर पंचायतका २६ वर्षीय अनिल चौधरी, राजस्थानकै सिक्कर, श्रीमाधवपुर पंचायतका २४ प्रदीप वर्षीय चौधरी, राजस्थान झुनझुनु, जयपुर पचायतका २४ वर्षीय प्रविनकुमार चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै