१४ असार, काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईई २०८० को नतिजा यही असार १३ गते सार्वजनिक गर्यो । बोर्डले यसपटक नयाँ गे्रडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ ।

जम्मा सहभागी ४ लाख ४४ हजार ८५ विद्याथीैमा २ लाख ४२ हजार ९२ अर्थात् ८६ प्रतिशतले माात्र ग्रेडिङ्ग प्राप्त गरेको पाइयो । तर ५२.१४ प्रतिशत विद्यार्थी भने ननग्रेड भएसँगै तिनको भविश्य कता जान्छ भन्ने कुरामा अन्योलता छाएको छ ।

खासमा यस वर्ष सैद्धान्तिकतर्प ५ पुर्णाकंमा ३५ अंक प्राप्त नगरेका विद्यार्थी नन ग्रेडमा परेका हुन् । तर दुई विषयमा एनजी पाएका विद्यार्थीले भने लगत्तै साउनको १८ र १९ गते मौका परिक्षा दिन पाउने भएका छन् । यसरी गतसालको तुलनामा यस वर्ष भने एसईई दिने परिक्षार्थीको नतिजा धेरै नै खस्केको पाइएको छ । र माध्यामिक तहमा मात्र नभइकन नेपालको माथिल्लो तहको अध्ययनमा पनि धेरै नै खस्किँदो स्थिति छ ।

यसको पछाडिको कारण के हो त ? कमजोर विद्यार्थी या शिक्षक या आवभावक कसलाई दोष दिने यसमा धेरै शिक्षाविदहरु तथा जानकारका अनुी हदसम्म विद्यार्थी तथा शिक्षकको पठनपाठन प्रकृयामा दोष देखिएता पनि अझ दोष त नेपालको शिक्षा प्रणालीमा नै छ ।

अझ स्कुल अफ एजुकेसन, केयुका डिन बालचन्द्र लुइँटेल भन्नुहुन्छ, “रचनात्मकभन्दा कण्ठ गर्ने खालको पढाइ छ, विद्यालय शिक्षाको समग्र प्रणाली नबदेसम्म ग्रेडिङ्गमा पर्नेभन्दा नपर्ने विद्यार्थी संख्या बढी हुने नतिजा आइराख्छ ।“ यसरी विदेशी मुलुकहरुमा हेर्ने हो भने बालबालिकाहरु ५ वर्ष नपुगीकन विद्यालय पठाउँदैनन् ।

तर हाम्रो यहाँ भने अविभावकलाई कार्यालयको काममा जाने ब्यस्तताले अढाई वर्षका वावु–नानी हुन नपाउँदै विद्यालय खेदिएका हुन्छन् र तिनीहरुको वालमष्तिष्कबाट नै घरपरिवारबाट टाढिने रोगले नैराश्यता छाएको हुन्छ त्यसको असर जीवनभर परि नै रहन्छ ।

अर्कोतिर हाम्रो पाठ्यक्रममा सँधै बाजेका पालादेखिको सैद्धान्तिक ज्ञानको खाका मात्र तयार गरिन्छ तर ब्यवहारिक ज्ञानलाई त्यति महत्वकासाथ हेरिदैन । छिमेकी देश चीनका प्रायः सहर तथा गाउँहरुमा एक कक्षादेखि नै विद्यार्थीको दिमाग जाँच गरेर उ के कुरामा फिट हुनसक्छ त्यहि विषयतर्फ अध्ययन गराउने प्रचलन छ ।

एउटा ल्यावमा हरेक प्रकृतिका संरचना जस्तै बत्ति, पानी, भेहिकल मेकानिकल, इलोक्ट्रोनिक्स सामानहरु, विज्ञानसम्बन्धि, कृषि सम्बन्धि सामाग्री, उद्योग, साहित्यका संकेत तथा विविध सामाग्रीहरु राखेर विद्यार्थीलाई केही समय त्यहाँ रमाउन दिइन्छ र बाहिरबाट अब्जर्भ गरेपछि कुृन विद्यार्थँीको मनस्थिति के विषयमा छ त्यही क्षेत्रमा उसको पढाई शुरु हुन्छ ।
तवमात्र जीवनको केही अध्याय पारगरेका

विद्यार्थीहरु पछि तिनै कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट कोही कृषिविज्ञ बनेर निस्किन्छन् र विश्वविद्यालयको अध्ययन प७त्रगयतसरा भएपछि अनिवार्य रुपमा ग्रामिण क्षेत्रलाई प्राथामिकतामा राखिएको हुन्छ र त्यो विज्ञ ब्यक्तिको विज्ञता अव गाउँ गाउँमा पैलाइन्छ ।

यसको लागि प्रत्येक नागरिकहरुलाई पहिला नैतिक तथा ब्यवहारिक शिक्षामा जोड दिइन्छ । तव मात्र अनुशासनको दायरामा बाँधिएपछि त्यहाँ न त नैतिक धरातल कमजोर न त त्यो देशमा भ्रष्ट्राचारको मोलमोलाई । अनि विकासमा अब्बल कहलिन्छन ।

तर नेपालको शिक्षा प्रणालीमा भने पृथ्वीनारायण शाहको पालामा भएका कतिपय पाठ्यक्रमलाई अभैm पनि राखिएको छ । परिवर्तनको लागि त ब्यवहारिक शिक्षामा नै जोड दिनुपर्छ भन्ने मानसिकता हाम्रा कतिपय फिलोसोफरहरुमा पनि पाइँदैन ।

पहिलाको जस्तो घोकन्ते विद्या धावन्ते खेती भनेर अव काम छैन । त्यसैले जवसम्म हाम्रो शिक्षा प्रणालीमा सुधार गरिदैन र शिक्षकहरुलाई केही सुविधा थप दिएर पनि यस क्षेत्रमा लगाव राख्न लगाइँदैन तवसम्म शिक्षकहरु राजनीति गरेर हिड्ने विद्यार्थीहरु पनि आठ कक्षा पढन पाएको छैन यो दल र उ दल भनेर हिड्ने हो भने नेपालको शिक्षा क्षेत्र सदैव अहिलेको एसईईको नतिजा जस्तै हुनेछ ।

यसको लागि सरोकारवालाले समयमा नै सोच्न जरुरी भइसकेको छ ।