
२१ असार , काठमाडौ । सहकारी ठगीमा अनुसन्धान प्रभावित नगर्न गृहमन्त्रीका नाममा परमादेश जारी हुनेमा सर्वोच्चको इजलास एकमत भएको खवरले पक्कै पनि सम्बन्धित निकायलाई केही झस्का पसेको हुनसक्छ ।
त्यस्तै “ दाहालको दाउपेचमा रास्वपाको साथ “ शीर्षकमा कान्तिप७३घढसर लेख्छ दुई ठुला दल मिलेपनि अभैm पधानमन्त्री प्रचण्डले चलखेल गर्ने मौका खोजिरहेका छन् । अर्कोतिर नेकपा एसको महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् भने महासचिवमा भुृसाल, त्यस्तै सम्मानित नेतामा झलनाथ खनालले चित्त बुझाएका छन् ।
आखिर स्वार्थको भुमरीमा सवै दलका नेता लाग्ने नै रहेछन् तर देशको लागि कसले सोच्ने त ? वि.सं २०७८ सालमा एमालेबाट अलग भएर नेकपा एस नाम राखेको उक्त दलले खास त दशौं महाधिवेशन भने पनि यो उसको पहिलो महाधिवेशन हो । अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यको चयन आज बेलुुकासम्म गर्ने बताइएको छ ।
उता संसदीय समितिले सहकारी सम्बन्धि अनुसन्धान बुझ्नको लागि गृहसचिव र आईजीपीलाई बोलाएको छ । छानविन समितिले सहकारी काण्डबारे अभैm विवरण संकलन गर्ने कार्य गरिरहेको जनाएको छ । अर्कोतिर सत्तासमीकरणबाट बाहिरिएको एमालेले लुम्बिनी र सुदुरपश्च्मि सरकारबाट पनि बाहिरिएको छ ।
कान्तिपुरमा आजको सम्पादकीयमा लेखिएको छः “राजनीतिक धरातल भासियो, प्रधानमन्त्री राजीनामा देउ,“ दुई ठला दलले संविधान संशोधन गर्ने र देशलाई दीर्घकालिन रुपमा निकास दिने सहमति भएको भनिएता पनि अहिलेसम्म सो सहमति सार्वजनिक नभएकोले अन्योलता भने कायमै छ । अभै पनि नेपालको राजनीतिमा रात रह्यो अभ्रख पलायो भनेजस्तो के
हुने र कसले कसलाई सिध्याउने हो थाह छैन ।
उत्ता नेकपा एमालेका महासचिव शंकर पोखरेल भन्छन् प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सकेलगत्तै नेपाल फर्केर काँग्रेससँग मिल्ने दाउमा थिए तर हामीले उनको त्यो फेरि दोहोरो चरित्र देखेर नै देशलाई निकास दिनको लागि यो सहमति काँग्रेससँग गरको हौं भनेका छन् । त्यसैले अहिले नेपालको लागि विकासको खाका तात्तिनु पर्नेमा संधैभरी राजनीतिक वित्त मात्र तातिएकोले जनताले विकासको आस कहिले गर्ने र राजनीतिक स्थायित्व कहिले कसरी र कसले गर्ने अभैm जनता अन्योलको भ७त्रगयतसमरीमा रुमल्लिइरहेका छन् ।