परदेशी छोराको पत्र ! -
Comments Add Comment

Advertisment

SKIP THIS

परदेशी छोराको पत्र !

पुजनिय आमा, यो अभागी छोराको प्रणाम ! हुन त तिम्रा ती कोखबाट धेरै वीर योद्धाहरु, बौद्धिक वर्गहरु, कयौं युधिष्ठरहरु, कति जङ्गबहादुरहरु र कति राक्षसहरु जन्मे होलान् ! तर तिम्रो दुःख सुखमा साथ दिने छोरा छोरीहरु कमै मात्र पायौ होला !

तैपनि यो अभागी छोरा ! तिम्रो कोखमा जन्मिने अवसर पाएर नै होला आफुलाई अति भाग्यमानी ठानी यो पत्र लेख्दैछु । अतीतका केही दशक पार गरी आजका दिनसम्म तिम्रा काखमा हुर्केर जे देंखे, जे भोगे, जस्तो अनुभव गरें सो वारेमा अतीतका ती वेदनाका घाउहरुलाई विर्सने कोशिस गरी मह्लम लगाउने प्रयत्न गर्दै यो पत्र लेख्दै छु ।

आमा ! यो अभागी छोराले धरतीमा पाइला टेकेको पनि धेरै दशक भइसक्यो । बाल्यकाल केहि कुरा नबुझि वित्यो, यौवनावस्था गोली र रगतको होलीमा वित्यो ! अनि यो वर्तमान अवस्था राजनेताहरुको झुट्टा आश्वासन् र बोलीमा वितिराखेकोले अतीतका ती दिनहरु र वर्तमान अवस्थालाई सम्झेर यो विदेशको कहालीलाग्दो स्थानमा वसेर केहि हरफ लेख्ने जमर्को गरेको हुँ । क्षणक्षणमा गोलाबारुद चलिरहेका छन्, कयौं नेपालीहरु मृत्युको संघारमा अत्तालिएका छन् ! स्वर्गजस्तो देशलाई लाद हानी आज यो रणमैदानबाट तिमीलाई हरेक पलपलमा सम्झेर आँशुको धारा वहाई यो पत्र कोर्ने जमर्को गरेको छु ।

आमा ! म ८ कक्षामा पढ्दा एक जना विदेशी ‘ जो नेपाली भाषा वोल्न जान्दथे‘ ले भनेका थिए “नेपाल सुन्दर छ,राम्रो छ, प्राकृतिक रुपमा धनी पनि छ, नेपालीहरुमा सहनशीलता हुन्छ, यिनीहरु मिहिनेती हुन्छन्, वीर योद्धाहरुको भमी हो नेपाल, स्वाभिमानी हुन्छन् नेपाली“ तत्कालिन समयमा मेरो बालमष्तिष्कमा अन्जान भएपनि राम्रै छाप परेको थियो एक जना विदेशीको नेपालप्रतिको सद्भावले गर्दा । तर आज ती कुराहरु सम्झेर रुन मन लागेको छ ।

इतिहासमा तिम्रा कोखबाट जन्मेका कयौं जंगबहादुरहरु केहि हदसम्म व्यक्तिगत र पारिवारिक स्वार्थमा लिप्त भएपनि राष्ट् र राष्ट्यिताप्रति विदेशी शक्तिहरुसामु कहिल्यै पनि झुकेनन् । अझ तिनले संसारलाई नेपाली वहादुर भनेर त चिनाए अनि तिम्रो कोखबाट कयौं कलाकारहरु, मुर्तिकारहरु, बहादुर योद्धाहरु जन्मायौ जो देशको शिर उच्च राख्न, राष्ट्यि स्वाभिमानको पगरी गुथ्न, विदेशी साम्राज्यबादको पञ्जाबाट वँच्न र तिम्रो शरिरलाई बँचाउन सफल भए ।

आप्ना पौरखी हातहरु विश्वभर पैलाए । भलै ति अशिक्षाको जगमा हुर्के, बढेपनि । विडम्वना ! आज समय र परिस्थिति अर्कै छ ! केहि वर्षयता तिम्रा ती कोखबाट धेरै प्रकारका सन्ततीहरु जन्मिसकेका छन् ‘विद्धान—विदुषी, राजनेता, कुटनीतिज्ञ, कुण्ठे, मुन्द्रे, चण्डे, अचण्डे, झोले, भोले‘ आदि । यीनले आजको अवस्थामा राष्ट् र राष्ट्यिता, विभिन्न जात—जाती, भाषा—भाषी अनि धर्मको नाउँमा राजनीतिक खेलको मैदान तयार पारेर व्यक्ति, परिवार र पार्टीको स्वार्थकाखातिर ताण्डव नृत्य देखाई देशलाई विखण्डनको बाटोतिर लगिराखेका छन् । केहि वर्ष अगाडि तिम्रो छातीमा रगतको होली खेल्दा कतिका वालवच्चाहरु टुहुरा भए, कतिका सीमती विधवा भए, कतिका बाबु—आमाका काखहरु रित्तिए, कयौं घरवार विहीन भए, कति अपाङ्ग भई पशुुको जस्तो जिन्दगी जिउन वाध्य छन ।

त्यस्तै गास, बास र कपासको लागि कति मानिसहरु भाँैतारिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट मानिसहरु वञ्चित् भइराखेका छन् । कयौं निमुखा, सोझासाझा मानिसहरुको जीउधनको सुरक्षाको ग्यारेन्टि छैन । कयौं आडम्वरमा बाँच्न चाहाने मानिसहरु सहरिया बन्ने रहरले लाम लागेर सहरतिर धाउने प्रवृत्ति बढ्दो छ । गाउँ घरमा युवाहरु देख्न सकिदैन । दैनिक हजारौं युवाहरु विदेशीएका छन् ।

गत आर्थक वर्ष २०८०।८१ मा मात्र करिब ७ लाख ७१ हजार भन्दा बढी नेपालीहरु विदेशिएको कुरा नेपाल बैदेशिक रोजगार विभागको तथ्याँकले बताएको छ एकातिर भने अर्कोतिर कयौं व्यक्तिहरु धन कमाउने मातले गर्दा राजनीतिक मैदानमा फोहरी खेल खेल्ने, विभिन्न कार्यालयलगाएतअन्य क्षेत्रहरु भ्रष्टाचारको अखडा बन्ने, प्रशासनिक तथा अन्य क्षेत्रहरुमा महत्वपुर्ण पदमा नियुक्तिको लागि विदेशी दलालहरुको पाउमा पर्ने, प्रत्येक तीन तीन महिनामा सत्ता परिवर्तन भईरहने खेलले गर्दा राजनीतिमा गाई गोरु मोल मोलाईको प्रवृत्ति देखाउने कार्य साधारण जस्तै भइसकेको छ । एकले अर्काको अस्तित्वमाथि खेलवाड गर्ने, चोरी डकैती गर्ने, हरेक क्षेत्रमा दादागिरी गर्ने जस्ता घटनाहरु भइराखेका छन् ।

त्यस्तै सामाजिक मर्यादाको कुरा गर्दा महिलाप्रतिको हिँसा र वलात्कारका घटनाहरु त हरेक दिन पत्रपत्रिकामा पढने कुअवसर पाइन्छ । यसैगरी धनको लोभले बालबालिका र महिलाहरुलाई अपहरण गर्ने, विधिको शासन भनिएता पनि अर्काको जग्गाजमीन जवर्जस्ती कव्जा गर्ने, राम्रा गहना लगाएर बाटामा हिडने महिलाहरु चोरी डाँकाहरुको शिकार हुने, आदि कुराहरु आज हाम्रो समाजको दिनचर्या नै भएको छ । तिम्रा ती प्राकृतिक गहनाहरु ‘जमीन, जङ्गल, जल, जनावर र हिमाल‘ आदिलाई केहीकुपुत्रहरुले बिदेशमा बन्दकी राखि आप्mनो पारिवारिक र पार्टीको स्वार्थनुरुप प्रयोग गरेको अवस्था छ ।

अदृश्य जंगलमा तस्करहरु रमाइरहेका छन् । जडिबुटीहरु सस्तोमा विदेश पठाई तिनैबाट बनेका औषधीहरु महँगोमा किन्न बाध्य छौं हामी । खेर गएको जल७नतसोतलाई सहि सदुपयोग गर्न नसकेर ट७३घढसकि वत्तिमा रमाउने र खेतवारीहरु बाँभैm राखि विहारी चामलमा रमाउने प्रबृत्ति छ हाम्रो ! सहर बजारका पवित्र नदीहरु फोहोरको नालीमा परिणत भएका छन् ।

धर्म र संस्कृतिको संगमस्थल भनेर चिनिने कयौं सहरहरुका मठ—मन्दिरहरु जिर्णेाद्धारको पर्खाइमा छन् । आमा ! तिमीले सोचेकी हौली, दुई चार जना पौरखी छोरा छोरीहरु जन्माएको छु । अव त सुखका दिन आउला कि भनेर ! तर यसको ठीक विपरित भएको छ आमा परिस्थिति ! किनकी ती पौरखी र विवेकहीन् सन्तानहरुले पहिला पनि चार चार वर्षसम्म निरीह दिदीवहिनी तथा दाजुभाईहरुले तिरेको रकमबाट मोजमस्ती गरी तिम्रो अस्तित्वलाई जोगाई राख्न मद्यत पुग्ने संविधानरुपी गहनालाई गर्भपतन गराउन सफल भए र फेरि पनि निर्वाचन गराई संविधान सभारुपीमहलमा प७३घढसग्ने सपना अन्य निरिह सन्तानहरुलाई बाँडेर एउटा लक्ष्मण रेखा बनाए ।

विगतमा तिम्रो शरिर त वेच्ने कुचेष्ठा गरे भने अहिले पनि शरिरको गहना वन्धकी राखेर भएपनि मोजमस्तिमा दिनहरु विताइरहेका छन् । हुन त हामी पनि निकै जान्ने बुभ्mने भइसकेका छौं । आजका युवाहरु धेरै जान्ने बुभ्mने भइसकेका छन् । अब त आप्mनो अधिकार खोसेर लिनको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तत्पर रहन सक्छन् ती युवा जमातहरु ।

तर पनि पथ भ्रष्ट पात्रहरु आप्mनो व्यक्तिगत स्वार्थमा रुमलिन थालेका छन् । अनि फोहोरी राजनीतिको कुण्डमा पौडी खेल्दै आमाको छातीमा लाद हानी ‘सप्रे स्वदेशको राजनीति, विग्रे विदेशी वसाईको रणनीति‘ भनि विदेशमा घरवार जमाउने सपना बोकेर हिँडेका छन् । अरु आप्mना दिदी–बहिनी तथा दाजु–भाईहरुलाई पापको महाकण्डमा पौडि खेल्न लैजादैछन् । आज सचेत सिर्जनशील युवा वर्ग सवै विदेश अनि कयौं बुुद्धिजीवीहरु, मानवधिकारकर्मीहरु र समाजका विभिन्न व्यक्तित्वहरु रमिते जस्तो बनि फोहोरी राजनीतिक खेलको मैदानमा फुटवल हेरी बस्न बाध्य भएका छन् भने बाँकी रहेका कुण्डे मुण्डेहरु तिम्रा आँशुमा पौडी खेलिरहेका छन् ।

तसर्थ आमा ! तिम्रो कोखबाट जन्मिएका सन्तानहरु आज विभिन्न स्वभावका भएका छन् । आजको यो क्षणमा तिमीलाई सम्झी विध्वंशको वेदनालाई विर्सेर हाँस्नुपर्ने वाध्यता भएता पनि घाइते मन मष्तिष्कको डर र त्रासदीरुपी संवेदनाको जरो उखेलिन सक्ने अवस्था देखिदैन तसर्थ जे जस्तो परिस्थितिको सिर्जना भएतापनि यो घाइते मनले अभैm हरेस खाएको छैन ।

आमा ! आशा थियो, विगतमा जन्मेका केहि सुपुत्रहरु जसले देशको लागि केहि गर्छन् र नेपाल आमाको दुधको भाडा तिर्छन् भन्ने तर महिसासुरको संगतले गर्दा मति भ्रष्ट भयो तिनको । तैपनि भविश्यमा तिमीले यो देशलाई सहि नेतृत्व दिन सक्ने,साहसी, धन दौलतको फोहोरी कुण्डबाट टाढा रहने, वालवालिका तथा बृद्ध बृद्धाहरुप्रतिको दुःखमा साथ दिने, बेरोजगारी समस्याको समाधान गर्ने, समयानुकुलको ब्यबहारिक शिक्षा नीति लागु गर्न सक्ने, देशमा भएका प्राकृतिक सोत र साधनहरुको सहि सदुपयोग गरी रोजगारीका अवसरहरु सिर्जना गराउने,परनिर्भरतामा भर नपरी आत्मनिर्भर बन्न सक्ने, विदेशी दलालहरुलाई यो पवित्र माटोबाट पाखा लगाउन सक्ने, गरीवका वस्तीहरुको सहि पहिचान गर्न सक्ने, उजाड मरुभुमीलाई हरियाली बनाउन सक्ने, विगतमा भारतसँग भएका असमान सन्धिहरुलाई खारेज गरी समयानुकुल परिवर्तन गर्न सक्ने, नेपाल भारतको सीमा विवादलाई तुरुन्त अन्त्य गर्न सक्ने, विदेशी दलाल तथा गुण्डाहरुले नेपाली धरातलमा खेल्दै आइरहेको राजनीतिक खेललाई समाप्त पारी देशलाई सहि मार्गमा हिडाउन सक्ने सुपुहरु जन्माउने छौ ।

भन्ने आशाका साथ पत्रबाट विदा हुन्छु । उही परदेशी छोरा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै