२८ जेठ , काठमाडौ । ललितपुरको बाँडेगाउँमा हिजो शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२-०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, सुदुरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाकल चालक ललितपुरका २३ वर्षिय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र प्रदेश ३-०२-००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको बिराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएकोछ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलिले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले कारबाही अभियानलाई तिब्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।






