- Home
- Showing Post From:-lumbini
lumbini
काठमाडौँ : काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी नवराज अधिकारीले आजबाट पदभार ग्रहण गर्नु भएको छ ।
स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गीरीले ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पार्नुभयो ।
पदभार सम्हाल्नु हुँदै एसएसपी नवराज अधिकारीले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेन्द्र भट्टले कार्यालयमा हाजिर हभई कार्यालयको पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालयस्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
उनले सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्न कुनै पनि कसुर बाँकी नराख्न मातहतका प्रहरी अधिकृत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले …
प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.कले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशले सरुवा भएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको हो ।
उक्त पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरुका कार्यालय प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा …
काठमाडौँ : प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई बुधबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार ६ वटा प्रदेशमा प्रहरी प्रमुखका रुपमा खटाउँदै ७ जना लाई सरुवा गर्ने निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूची अनुसार कोशी प्रदेशमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ। मधेश प्रदेशमा उमाप्रसाद चतुरवेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य र लुम्बिनीमा राजेन्द्र प्रसाद भट्टलाई सरुवा गरिएको हो।
यस्तै सुदूरपश्चिम प्रदेशमा डम्बरबहादुर बिकलाई सरुवा गर्दा गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ।
यसअघि कोसी प्रदेशमा कार्यरत राजन अधिकारी, मधेश प्रदेशमा कार्यरत लालमणी आचार्य र …
बैशाख १६, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा हाल्दा रूपन्देही जिल्ला प्रहरीले छलछाम गरेको आशंका उत्पन्न भएको छ । एक सहकारी बचतकर्ताले आफूले बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप सार्वजनिक रूपमा लगाएका छन् ।
रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका एक नारायण पहराईले आज फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो ।
पहराईले आज लेखेको स्टाटस यस्तो छ :-
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कैयौं बचतकर्तामध्ये म पनि एक हुँ । …
काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखा परेका चुनौतिहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र …
आकास हेरेर सपना बुनेँ सपनामा कुदिरहेँ
धर्तीमा हेरेर जाँलहरू बुनेँ आफै फसीरहेँ
आफ्नै संसारमा अनिकाल सृजना गरेँ
बिकृति अस्वभाबहरूमा माया म बिकेँ ।।
समय हेरेर सम्बन्ध गासेँ सम्बन्धमा हिडिरहेँ
सम्बन्धले आफ्नै ब्यथाहरूको कथा खोजिरह्यो
आफ्नै संसारमा एकांक कथा सृजना गरेँ
आफ्नै ब्यथाका कथाहरूमा माया म बिकेँ।।
बिश्वास हेरेर बिचार बनाए बिश्वासमा
हिडिरहेँ
बिश्वासकोअर्थ हरायो बिचारमा बिश्वास खोजिरहेँ
अनि आफ्नै बिचलित बिचारमा बिश्वास बनाएँ
आफ्नैं बिश्वासको विचारमा माया म बिकेँ।।
नियति बुझेर यथार्थ हेरे समयमा हिडिरहेँ
नियतिको नियतहरायो यथार्थतामा खोजिरहेँ
अनि संकै संकाको पहाडमा यथार्थ बनाएँ
आफ्नै आँखाको रंङ्गहरुमा माया म बिकेँ।।
बिश्वस छैन कथाहरूमा पात्र बन्ने बाध्यता छ
रहर छैन कथाहरूमा ईच्छा बन्ने बाध्यता छ
आफैलाई बेचेर खुशीहरू लिलाम …