Comments Add Comment

साहित्य

List Grid
नेपाल प्रहरीका डिएसपी जय रिमालको कविता : रातको प्रहरी

रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …

डिएसपी दिनेश घिमिरेको दुई सय ३औं कविता : कसले पढला मलाई

कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …

डिएसपी दिनेश घिमिरेको दुई सय औं कविता : शुभकामना दिपावलीको

अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

नेपाल प्रहरीका डिएसपी जयश्वर रिमालको कविता : (म-हामी) प्रहरी

मुटु भक्कानिएको छ, मन बहकिएको छ,
बोल्न अनि लेख्न धेरै मन छ !
तर भावनामा बहकिने छुट कहाँ छ र मलाई ?
जिम्मेवारी निर्वाहको क्रममा लागेको चोटमा
आँशु बगाउने छुट समेत छैन मलाई ।
सायद, म एक संवेदनाहिन मानव हुँ !
कर्तव्यको बलिबेदीमा रगत र पसिना धेरै बगाएँ,
तर यहाँ बलिदानीको रगतमा पनि भेदभाव हुँदो रहेछ !
अरुका रगतले व्यवस्थामै परिवर्तन ल्याउँदा पनि
हाम्रा रगत भने सदा मूल्यहिन हुँदा रहेछन् ।
उस्तै जिम्मेवारीमा रहेका अरुले जिम्मेवारी पूरा गरे पनि हुने नगरे पनि हुने,
तर हामीले भने हरेक कठिन परिस्थितिमा ढाल बनी उभिनुपर्ने,
जिम्मेवारी पूरा गर्दा पनि नगर्दा पनि कानुनी कसीमा बाँधिनुपर्ने,
गल्ती भए …

डिएसपी दिनेश घिमिरेको एक सय ९७औं कविता : म देश बोकिरहनेछु

खरानी टाउकाकोमा लगाई
भूतहरूको मसान्तसम्म
मलाई दूत बनेर पठाँइदिनु
र पनि म देश बोकिरहनेछु।।
आगोले जलाईदिनु स्तम्भहरू
आतंकको अन्तिम परिधिसम्म
मलाई घोचिँरहनु परिबर्तनहरूमा
र पनि म सदैव देश बोकिरहनेछु।।
हाँनिरहनु लात्तीहरूले छातीहरूमा
असन्तुष्टिको असिमित पराकाष्ठासम्म
मलाई जसरी सक्छौ लखेटीँरहनु
र पनि म फेरि मेरो देश बोकिरहनेछु।।
पाखण्डको कफन बाधेर उग्रतामा मग्न
हरेक बिम्महरूमा मेरो परिभाषा खोज्नु
मेरा छातीमा आफुखुसी प्रहार गरिरहनु
र पनि म हरेक प्रहरमा देश बोकिरहनेछु।।
मलाई मेरो मुल्य चाँहिदैन फेरि फेरि
छुट्टै फरक अस्तित्व भित्र मलाई नहेर्नु
मेरो मनलाई पटक पटक दुखाईरहनु
र पनि म हरपल देश बोकिरहनेछु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।

डिएसपी दिनेश घिमिरेको एक सय ९०औं कविता : भुल गरेछु

अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।

डिएसपी दिनेश घिमिरेको एक सय ८८औं कविता : रोजिएका आखाँहरु

आखाँहरु यतै कतै देखे जस्तो लाग्छ
हिजो अस्ति कतै भेटे जस्तो लाग्छ
दोबाटोमा हिडदा हिडदै मिले जस्तो लाग्छ
आखाँहरु किन किन आफ्नै जस्तै लाग्छ।।
क्षितिजबाट मलाईनै हेरेको जस्तो लाग्छ
जूनबाट मलाईनै खोजेको जस्तो लाग्छ
मध्यरातमा कतै कही भेटे जस्तो लाग्छ
आँखाहरु किन किन आफ्नै जस्तो लाग्छ।।
कहिँ कुनै आँखाहरुले खोजे जस्तो लाग्छ
मन भित्र धेरै कुरा खेलेको जस्तो लाग्छ
मौनतमाआँखाहरु आफ्नै लागी खोजिरहन्छु
कतै छन आँखाहरु आफ्नै जस्तो लाग्छ।।
हेर्दा कहिल्यै नथाकिने आखाँहरु कता छन
कल्पनामा घुमाई रहने मनहरु कता छन
अध्यारोमा आफैमा खोजिरहन्छु आँखाहरु
आकासमा कतै छन आफ्नै जस्तो लाग्छ।।
जुनसगै उदाएकी मदहोसका रङ्गहरुमा
घामसगै उदाएकी उमंंङका स्वरहरुमा
मनभित्र आभास हुन्छ गीतका लयहरु
आफ्नैझै बोलिदिन्छन रोजिएका आँखाहरु।

धर्मराज अर्याल (श्रमिक)को “नारी उत्थानका उपायहरू” पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न

बैशाख २९, काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित जितपुर माध्यमिक विद्यालयको परिसरभित्र आज बिहान धर्मराज अर्याल (श्रमिक)को “नारी उत्थानका उपायहरू” पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता सभापति भरतप्रसाद अर्यालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा प्राज्ञ कौशिला रिसाल उपस्थित रहिन् । यसैगरी, विशिष्ट अतिथि डा. रामचन्द्र लम्साल, डा. घनश्याम पुडासैनी, ममता मधुल, दुर्गा अर्याल र तारकेश्वर वडा नं. ३ का वडा अध्यक्ष परशुराम अर्यालले समारोहलाई गरिमामय बनाए ।

कार्यक्रममा स्थानीय बौद्धिकहरू, शिक्षक, विद्यार्थी तथा समाजका गणमान्य नागरिकहरूको सहभागिता …

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८६औं कविता : पागल जस्तै गरी

घरि घरि समय मलाई गिज्याई रहन्छ
कहिले बिहानीले त कहिले साँझले
मलाई लखैटी लखैटी तमासा बनाई रहन्छ
म बेसुरमा दौडन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई आखाँहरुले गिज्याई रहन्छन्
कहिले कुन मोडमा कहिले कुन मोडमा
मलाई दिगभ्रमित गरिरहन्छन दूष्टिपथहरूमा
म अन्धकारमा दौडन्छु पागल गस्तै गरी।।
घरिघरि मलाई सम्न्बन्धहरुले गिज्याई रहन्छन्
कहिले कुन नाममा कहिले कुन नाममा
मलाई पथभ्रष्ट गरि रहन्छन जीवन पथहरुमा
म अन्धाधुन्ध दौडिन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई मेरै बिश्वासहरुले गिज्याई रहन्छन
कहिले कुन घातमा कहिले कुन घातकीमा
मलाई एक्लो बनाईरहन्छ घटित पलहरुले
म अन्धकारमा दौडिन्छु पागल जस्तै गरी।।
पागल छ समय बौलठ्ठी पाराले कुदाई रहन्छ
गन्तब्यहीन यात्रामा बेहोसीमै रुवाईरहन्छ
अन्तहीन साधनामा कारण दुःख बनाईरहन्छ
म पनि बेहोसीमै …