- Home
- Showing Post From:-साहित्य
साहित्य
बैशाख २९, काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित जितपुर माध्यमिक विद्यालयको परिसरभित्र आज बिहान धर्मराज अर्याल (श्रमिक)को “नारी उत्थानका उपायहरू” पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सभापति भरतप्रसाद अर्यालले गरेका थिए भने प्रमुख अतिथिको रूपमा प्राज्ञ कौशिला रिसाल उपस्थित रहिन् । यसैगरी, विशिष्ट अतिथि डा. रामचन्द्र लम्साल, डा. घनश्याम पुडासैनी, ममता मधुल, दुर्गा अर्याल र तारकेश्वर वडा नं. ३ का वडा अध्यक्ष परशुराम अर्यालले समारोहलाई गरिमामय बनाए ।
कार्यक्रममा स्थानीय बौद्धिकहरू, शिक्षक, विद्यार्थी तथा समाजका गणमान्य नागरिकहरूको सहभागिता …
घरि घरि समय मलाई गिज्याई रहन्छ
कहिले बिहानीले त कहिले साँझले
मलाई लखैटी लखैटी तमासा बनाई रहन्छ
म बेसुरमा दौडन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई आखाँहरुले गिज्याई रहन्छन्
कहिले कुन मोडमा कहिले कुन मोडमा
मलाई दिगभ्रमित गरिरहन्छन दूष्टिपथहरूमा
म अन्धकारमा दौडन्छु पागल गस्तै गरी।।
घरिघरि मलाई सम्न्बन्धहरुले गिज्याई रहन्छन्
कहिले कुन नाममा कहिले कुन नाममा
मलाई पथभ्रष्ट गरि रहन्छन जीवन पथहरुमा
म अन्धाधुन्ध दौडिन्छु पागल जस्तै गरी।।
घरिघरि मलाई मेरै बिश्वासहरुले गिज्याई रहन्छन
कहिले कुन घातमा कहिले कुन घातकीमा
मलाई एक्लो बनाईरहन्छ घटित पलहरुले
म अन्धकारमा दौडिन्छु पागल जस्तै गरी।।
पागल छ समय बौलठ्ठी पाराले कुदाई रहन्छ
गन्तब्यहीन यात्रामा बेहोसीमै रुवाईरहन्छ
अन्तहीन साधनामा कारण दुःख बनाईरहन्छ
म पनि बेहोसीमै …
जसरी बागमतीको धार,
सागरसँग मिल्छ अपार।
त्यस्तै पशुपतिनाथको छाँयामा,
आत्मा शिवमा लीन हुन्छ राम्रो ।।
नदी जस्तो जीवन यात्रा,
संसारको सबै माया-मात्रा।
अन्तिम पटक यहीँ आएर,
मुक्ति पाउँछ शिवचरणमा सुत्थर ।।
अग्निले सारा बन्धन जलाउँछ,
बागमतीले पाप धुनाउँछ।
शिवलिंगको ज्योति देखेर,
आत्माले पाउँछ शान्ति अमर ।।
हेर यो पवित्र संस्कार,
मृत्यु पनि यहाँ उत्सव सार।
“जलमा मिल्यो जसरी नदी”,
“शिवमा मिल्छ आत्मा अबधी” ।।
लेखक :- मनोज गजुरेल
(कविताको शैली: भक्ति र दार्शनिक चिन्तनको मिश्रण, मात्रिक छन्द)
आकास हेरेर सपना बुनेँ सपनामा कुदिरहेँ
धर्तीमा हेरेर जाँलहरू बुनेँ आफै फसीरहेँ
आफ्नै संसारमा अनिकाल सृजना गरेँ
बिकृति अस्वभाबहरूमा माया म बिकेँ ।।
समय हेरेर सम्बन्ध गासेँ सम्बन्धमा हिडिरहेँ
सम्बन्धले आफ्नै ब्यथाहरूको कथा खोजिरह्यो
आफ्नै संसारमा एकांक कथा सृजना गरेँ
आफ्नै ब्यथाका कथाहरूमा माया म बिकेँ।।
बिश्वास हेरेर बिचार बनाए बिश्वासमा
हिडिरहेँ
बिश्वासकोअर्थ हरायो बिचारमा बिश्वास खोजिरहेँ
अनि आफ्नै बिचलित बिचारमा बिश्वास बनाएँ
आफ्नैं बिश्वासको विचारमा माया म बिकेँ।।
नियति बुझेर यथार्थ हेरे समयमा हिडिरहेँ
नियतिको नियतहरायो यथार्थतामा खोजिरहेँ
अनि संकै संकाको पहाडमा यथार्थ बनाएँ
आफ्नै आँखाको रंङ्गहरुमा माया म बिकेँ।।
बिश्वस छैन कथाहरूमा पात्र बन्ने बाध्यता छ
रहर छैन कथाहरूमा ईच्छा बन्ने बाध्यता छ
आफैलाई बेचेर खुशीहरू लिलाम …
धरहरा अभियन्ता युग मानव ध्रुबप्रसाद गजुरेलले भारत नेपाल साहित्य महोत्सव उत्तर प्रदेश वृन्दावन भारतमा भएको एक भब्य साहित्यिक कार्यक्रममा प्रशस्ति पत्र “ब्रज शिरोमणि” सम्मान 2025 प्राप्त गर्नु भएको छ ।
भरखर मात्र अमेरिकाको Cedarbrook University US ले चर्चित साहित्यकार एबं गजलकार धरहरा अभियन्ता युग मानव ध्रुबप्रसाद गजुरेललाई भारतको नयाँ दिल्लीमा भएको एउटा भब्य कार्यक्रममा सफल अभियन्ताको रूपमा GOLD MEDAL सहित मानार्थ विद्यावारिधि DOCTOR OF PHILOSHOPHY (PHD) उपाधि सहित सम्मान प्रदान गरिएको थियो ।
आजको भएको कार्यक्रममा उहाँले उक्त कार्यक्रममा आफैले प्रतिपादन गर्नु भएको सन्देश बिधाको जानकारी दिँदै एउटा सन्देश र आफैले प्रतिपादन …
रंङ्गहरु जस्तै रंगिन बनुन जीवन
उठोस बिबेकमा उत्साहका रंगहरू
कोही कसैमा बिभेद नरहुन कतै
सबैमा सबैप्रति समभाँब रहोस्।।
जीवन सबैको लागि जित बनोस्
रंङ्गहरु सबैलाई एकै गित बनोस्
शत्रुजन्य बिचारहरु असत्यमै मरून
सबैलाई सेबाको भावना जागोस्।।
सुरक्षित फुलुन कोपिलाहरू यहाँ
सुगन्धित बनोस् जीवनका पलहरु
सुकेर जाँउन आखाँहरूमा आँशु
खुशीनै खुशीका आशाहरू पलाँउन्।।
रंङ्गहरुमा जीवन परिवर्तनको भान होस्
रंङ्गहरुमा जीवन शैली अतिरन्जित बनुन
भूलुन ब्यथाहरू आफ्नै आँखाको रंङ्गहरुमा
शुभकामना छ शुभकामना पर्व रंङ्गहरूको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
आफैलाई भुलाईदिन्छु भावनामा घुमाएँर
आफैलाई बगाईदिन्छु आँशुहरू बनाएर
बिश्बासका घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
दिनहरूमा झुट्टासपना बोक्ने बानिपरिसक्यो
रातहरूमा कल्पीकन बाँच्ने बाँनी परिसक्यो
सत्यताको घेराहरू आफैले तोडिसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
सम्बन्धमा खोट देख्ने आँदत राम्रै बसिसक्यो
चलन भित्र चल्नुमा स्वार्थ आफ्नै बनिसक्यो
अपनत्वको घेराहरू आफैले बिगारिसकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
कस्तोप्रकारको खोटआयोआफैलाई वगाँउने
आफैमाथि बिश्वास नहुने बिचारमा हिडनुपर्ने
गलत हो जान्दा जान्दै विवसतलाई स्विकारी सकेँ
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
प्रेम केहोआर्कषण केको ब्यथाभित्रभिन्न छन्
बिबेक केहो बिश्वास केहो कथाभित्र भिन्न छन्
परिभाषा भिन्न ब्याख्या भित्र अबस्थामा मिलीसके
आफैलाई झुक्याँउने गोरेटोमा हिडिँसके।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
मैले न प्रशंसा खोजे न त प्रचार
मनका रहेका दुईचार शब्दहरूमा
अलिकति आफ्नै कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
अलिकति आफ्नै कथाहरूमा
मनमा रहेका दुईचार भाँवनाहरूले
आफ्नै रंगहरूमा कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
आकारमा रहेका जलनहरूमा
मनमा रहेका दुईचार बिचारले
आफनै जीवनका कथा भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
दिनको राँपले बनाएका राँगहरूमा
मनमा रहेका दुईचार आँशाहरूले
आफ्नै जीवनमा अनुभूति भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
मैले न कथा लेखे न कुनै कबिता
मनमा रहेका दुईचार भाँबहरूले
आफ्नै आखाँहरूमा बिश्वास भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
जीवन शैलीमा आफ्नै अनुभवहरूको
संग्रहमा रहेका दुईचार कहानीहरूले
आफ्नै ब्यथाहरूमा शब्दहरू भरिदिएँ
अनि बाडिदिएँ आफ्नै ब्यथाहरू।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
तिम्रो मायाजालमा फसेकाहारुले
तिम्रो सुन्दरताको वयान गर्दा
लाग्थ्यो कान थापेर सुनिरहुँ
सुटुक्क भेटि आँखा झिमिक्क नगरी हेरिरहुँ
तिमीसँग भेट्ने रहरले
मैले मन थाम्न सकिन
मन र मस्तिष्क विचको
लामो मथिंगल पश्चात
व्यस्ततालाई एकैछिन थाति राख्दै
तिमीलाई नजिकबाट नियाल्न खोजेँ
तिमीले लजाएर बादलको घुम्टो ओढ्यौ
घुम्टो हटाउन हावाको मद्दत मिलेसँगै
सुर्यको प्रकाशले तिम्रो मुहारमा
निखारपन र सुन्दरता बढाउदा
मैले कल्पना गरेको क्लियोपेट्राको सौन्दर्य
तिमी सामु धमिलो देख्छु
मोनालिसाको मन्द मुस्कान फिका देख्छु ।
तिम्रो मुस्कानसँगै
सौन्दर्यताको वर्षा हुँदा
सिन्चित हुन्छन् असंख्यक मानिसहरूको मन
विजारोपण गर्छेउ तिमी प्रतिको गहिरो मोह
तिमी अदभुत सुन्दर छौ सबैको प्रिय पनि
आँगनको चियाबारी अनि तिम्रो नानाथरीका श्रृंगारले
धेरै मानिसहरूको ध्यान खिचेको छ
तिमीले आफ्नो सुन्दरतासँगै विश्वका
मानिसहरुलाई आकर्षण गर्दा
लाग्छ तिम्रो स्पर्षले
उनिहरूको …