भूमि आयोगको मान्छे हुँ भन्दै सुकुमबासीलाई ठग्ने दुई जना पुर्पक्षका लागि कारागार चलान

२६ फागुन , काठमाडौ । भूमि आयोगको मान्छे हुँ भन्दै काठमाडौंमा दुई जनाले सुकुमबासीलाई ठगेका छन् । काठमाडौं महानगरपालिका-१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्तिले जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाएर सुकुमबासीसित पैसा असुल गरेको पाइएको थियो ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा अदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन ।
एसएसपी सुदीप गिरीका अनुसार उनिहरूले आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी उनीहरूले …

मानव बेचबिखन मुद्दामा संलग्न ३ जना पक्राउ

२१ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बेचबिखन मुद्दामा संलग्न ३ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका-१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा-६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी-९ स्थायी घर भई हाल पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् ।
पोखरा महानगरपालिका-६ लेकसाईडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा …

५११ जना नेपाली युक्रेन छाडेर सुरक्षित गन्तव्यमा

२१ फागुन , काठमाडौं । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् । युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् ।
तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना …

अर्थमन्त्री शर्माले संसद्‌मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा

१५ फागुन, काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय गरेको १२ बुँदे व्याख्यात्मक घोषणा सदनमा पेस गरेका हुन् । आजको बैठकले एमसीसी पारित गर्ने भएको छ ।

काभ्रेमा कोरोना सङ्क्रमणदर घट्दैँ

१३ फागुन , काठमाडौं । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन ।
कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ …

शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले सजाइने

१० फागुन , काठमाडौं । यसपालिको शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ ।
पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाइ त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर मिलनकुमार थापाले जानकारी दिनुभयो ।
उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले बताउनुभयो । पशुपतिको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । शिवरात्रि आउँदो १७ गते परेको छ । शिवरात्रिमा पशुपति मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् ।
हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुनेगर्छ …

चन्द्रागिरीबाट लागूऔषध सहित पक्राउ

२६ माघ, काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाईट्राभेट सहित भारत सितामणी कनौली बेताही बस्ने १९ बर्षीय दीपक कुमार पूर्बेलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ०४०६ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दीपकले झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यरैगरी वीरगंज महानगरपालिका-८ रेडक्रस अगाडिबाट सोही महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २३ …

ओलीलाई भेट्न बालकोट कांग्रेस नेता शेखर कोइराला

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।
उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । भेटमा एमसीसी र संसद सुचारु गर्ने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । कोइराला निकट स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको बताइएको छ । यसअघि ओली प्रधानमन्त्री हुँदा पनि कोइराला ओलीलाई भेट्न बालुवाटार नै पुगेका थिए ।

मल कारखानाको प्रस्ताव बनाउन बोर्डलाई आग्रह

२५ माघ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना गर्ने विषयमा लगानीकर्तालगायत अन्य सरोकारवालासँग सोमबार गरिएको छलफलमा यस्तो आग्रह गरिएको हो ।
कृषिमन्त्री महिन्द्रराय यादवले भने, “मल कारखाना खोल्ने निर्णय सरकारले गरिसकेको छ तर कुन प्रविधिमा गर्ने कुरा टुङ्गिएको छैन । त्यसको छिटो टुङ्गो लगाउन लगानी बोर्डलाई आग्रह गरिएको छ । ”
मल कारखाना बिजुली वा ग्यास प्रविधिबाट स्थापना गर्दा के कति लागत लाग्छ, त्यसको फाइदा के छ, त्यसको विस्तृत …

अत्यधिक हिमपातले ढोरपाटनका मृग कठ्याङ्ग्रिएर मर्न थाले

२५ माघ, काठमाडौं । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)०को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।
उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिनुभयो । हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । एक वर्षको मृत मृग खाडलमा पुरिएको …

You Missed

मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा
लागूऔषध नियन्त्रण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो : आईजीपी कुँवर
अनेरास्वयुका अध्यक्ष बडालको आरोप – बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेँ
प्रहरीको २६ सय ६० वटै युनिटमा छैन एचआइभी संक्रमित राख्ने छुट्टै हिरासत कक्ष
सहकारी ठगीमा रविलाई कारबाही गर्न संसदीय समितिको सिफारिस
सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने
नक्कली नोटसहित भक्तपुरको ठिमीबाट एक जना पक्राउ

Primary Color

Secondary Color

Layout Mode