गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु

१८ फागुन , काठमाडौ । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट …

उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

१८ पुष, काठमाडौ । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो ।
२०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।
दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘महिनाअघि नै ठूलोबुबा ९दुर्गाप्रसाद० लाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक …

लायन्स क्लब र तारकेश्वरको साझेदारीमा साङला अस्पताललाई २ करोड बराबरको मेडिकल सामग्री हस्तान्तरण

१५ मंसिर, काठमाडौ । तारकेश्वर नगरपालिका र लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनको साझेदारीमा तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङला प्राथमीक स्वास्थ्य केन्द्रलाई १ करोड ७७ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
साङला प्राथमीक स्वास्थ्य केन्द्रमा आज आयोजित विशेष कार्यक्रमका बिच तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब इन्टरनेश्नल फाउण्डेसनले १ करोड ३० लाख ४७ हजार ७ सय ३० र तारकेश्वर नगरपालिकाले ४३ लाख ५० हजारको साझेदारीमा खरिद गरिएको उक्त सामग्रीहरु आज हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका सामग्रीहरुमा नाक, कान, घाँटी तथा …

जनकपुर न्यूरो अस्पतालमा बालकको मृत्यु घटना : १० लाखमा मिलापत्र

८ मंसिर, काठमाडौ । उपचारमा लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै परिवार आन्दोलित भएपछि जनकपुर न्यूरो अस्पतालले १० लाख रूपैयाँ दिएर मिलापत्र गरेको खुलेको छ ।
उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्नेमा प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको भन्दै आलोचनासमेत बढेको छ । अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो ।
डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन् । बालकका आफन्त वीरबहादुरले क्रिया खर्चबापत १० लाख …

सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप

६ मंसिर , काठमाडौ । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।
मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
राति शल्यक्रियामार्फत शिशुलाई …

पाँच दिनको उपचारपश्चात गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’

६ कात्तिक, काठमाडौ । जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज सोमबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन् । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।
अस्पतालबाट डिस्चार्ज हुने क्रममाउपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् ।
उनले आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, …

क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल, केही दिन अस्पतालमै रहनुपर्ने

४ असोज, काठमाडौ । क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल भएको छ। अभ्यासका क्रममा घाइते भएपछि उनको बिहीबार बी एन्ड बीु अस्पतालमा शल्यक्रिया गरिएको हो।
उनको ‘क्लोज राइट क्ल्याभिकल फ्याक्चर’ अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको थियो। चीनमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्‌ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।
टिमका अफिसियल डाक्टर अभिशेकराज सिंहले शल्यक्रिया सफल भए पनि उनी केही दिन अस्पतालमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने जानकारी दिए।
‘उनी केही दिन डाक्टरको प्रत्यक्ष निगरानीमा नै रहनेछन्, हामी सबैको प्रयास ललितलाई ट्वान्टी–ट्वान्टी विश्वकप छनोटअघि नै …

राजमार्गमा दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍याए गृहमन्त्रीले

३१ भदौ , काठमाडौ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले आइतबार साँझ राजमार्गमा भएको दुर्घटनाका घाइतेलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याएका छन् ।
देउखुरीस्थित मन्त्रालयको काम सकेर रुपन्देहीस्थित घरमा फर्कने क्रममा दाङको कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना भएको थियो । आफ्नै अगाडि भएको दुर्घटनामा घाइतेहरुलाई तत्काल अस्पताल पुराउने कुनै साधन भएन ।
गृहमन्त्री पाण्डेय तत्काल आफ्नो गाडीबाट झरे र घाइतेलाई आफ्नो गाडीमा राखेर अस्पताल पुराउन थाले । उनका निजी सचिव जैनुदिन देवानका अनुसार मन्त्री आफैले घाइतेलाई गाडीमा राखेर भालुवाङस्थित अस्पतालमा लगेर भर्ना गराएका थिए ।
‘हामी गाडीमा आइरहेका थियौं, अगाडि दुर्घटना …

पूर्वयुवराज पारस अस्पताल भेट्न पुगे परिवार

१५ भदौ ,काठमाडौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ । मुटुरोगी भएको हुँदा उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि राखिएको स्रोतले बतायो ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

३ असार ,काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो ट्रान्सप्लान्ट सेन्टरले अआज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको जानकारी दिएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको जानकारी दिएका छन् । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।
गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो ।
राष्ट्रपति पौडेलले …

You Missed

तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

Primary Color

Secondary Color

Layout Mode