भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ?
१८ असार , काठमाडौ । नेपालमा विकसित पछिल्लो घटनाक्रमबारे भारतीय मिडियामा पनि समाचार बन्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन लागेको विषयलाई भारतीय सञ्चारमाध्यमले भूराजनीतिक हिसाबले प्रस्तुत गरेका हुन् ।
त्यसो त, नेपालमा सरकार परिवर्तन हुँदा भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गर्दै आएका छन् । यस क्रममा उनीहरूले कुन दल भारतको अनुकूल छ र कुन दल चीनको अनुकूल छ भन्ने नजरले व्याख्या गर्दै आएका छन् ।
२०७९ पुस १० गते एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादीका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुँदा भारतीय सञ्चारमाध्यमले चीनको इसारामा सरकार बनाएको भनी प्रचार …