एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु , २ घाइते

६ जेठ , काठमाडौ । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ ।
बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो । उक्त एम्बुलेन्स ठक्करबाट पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् ।
एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले …

एम्बुलेन्स र तेल बाेक्ने ट्याङ्करमा गाँजा तस्करी

१४ फागुन , काठमाडौ । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।
नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् ।
दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजासहित एम्बुलेन्स …

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

२१ साउन ,काठमाडौ । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।
रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं। २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।
विवाद …

पैसा कमाउने धन्दामा कथित झाँक्री पनि, विरामी बोकेर एम्बुलेन्स भुजेलको पूजा केन्द्रमा !

२४ जेठ , काठमाडौ । गोजीको पैसा कुनै भ्रम छर्ने कहाँ पुगेर बुझाउन हिजो आज मानिसहरुलाई खास कुनै कारण चाहिँदैन – टिकटकको एउटा भिडियो नै पर्याप्त हुन्छ । हेरेको भरमा, छोएको भरमा जस्तो सुकै रोग निको पार्ने भ्रम छलेर पैसा कमाउनेहरु टोलै पिच्छे छन् ।
यस्ताहरुले साँच्चै रोग निको पार्छन् भन्ने ठानेर पुग्नेहरुको संख्या त झन धेरै छ । यस्तै असुली धन्दामा अर्का एक पात्र थपिएका छन् – झाँक्री भनिने प्रकाश भुजेल । भुजेलको शैली अन्य माता, झाँक्री, स्वामीहरुको भन्दा फरक छ । उनी दक्षिणा चाहिँदैन भन्छन् ।
समाज सेवा गरे जस्तो …

एम्बुलेन्स र अटो ठोक्किँदा ६ जना घाइते

२२ मंसिर , काठमाडौ । भरतपुर महानगरपालिका-१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका–११ बस्ने वर्ष ३१ की रन्जु लामा, उनको श्रीमान् वर्ष ३३ को सूर्यबहादुर …

डोकामा बिरामी : ‘कोमा’मा एम्बुलेन्स

२९ साउन , काठमाडौ । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो । दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए ।
सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ । मर्मतमा कसैको ध्यान पुगेको छैन। मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गयो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको …

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

१५ साउन , काठमाडौ । झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो मे १ च १६५४ नं को एम्बुलेन्सले प्र १-०१-०१५ प २१४८ नं।को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका-६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो ।
प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि।क।लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको …

सुर्खेतमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप

२१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

मदर टेरेसाका केही १० प्ररणादायी भनाईहरू

२१ वैशाख, काठमाडौं । सन् १९१० अगस्ट २६ मा जन्मेकी मदर टेरेसाको वास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो । उनले ४५ वर्षसम्म गरिब, बिरामी, अनाथ र मर्न मृत्यूशैयामा पुगेका मानिसहरूको सहयोग गरेकी थिइन् ।

भारतीय नागरिकता भएकी रोमन क्याथोलिक टेरसाले सन् १९५० मा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना समेत गरेकी थिइन् ।
सामाजिक र मानव कल्याण कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता टेरेसाले सन् २०१६, सेप्टेम्बर ९ मा सन्तको उपाधि समेत पाएकी थिइन् । यस्ता महान व्यक्तित्वका केही प्ररणादायी भनाईहरू यहाँ समेटिएको छः
१) यो जीवन अरूको लागि होइन भने यो जीवन नै …

You Missed

फोहोरमैलाको  ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
हार्दिक बधाई तथा शुभकामना !
मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन
उपत्यकाभित्र नो हर्ज प्लिज कडाईका साथ लागू गर्छौं : एसएसपी विनोद घिमिरे
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा
बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ
वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode