कांग्रेससँग भएको सहमतिबारे ब्रिफिङ गर्न एमालेले बोलायो सचिवालय बैठक
१८ असार, काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।
सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।
एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ ।
दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र …