झोरको झरनामा रमाउँदै तराइमुलका महिलाहरु

७ असोज , काठमाडौ । काठमाडौको झोरको झर्नामा तराई मुलका महिलाको आकर्षक उपस्तिथि यस्तो रहेको छ ।

माछापोखरीको फ्लोरिडा डान्सबारमा लुटपाट धन्दा, सञ्चालकसहित ३ जना पक्राउ

६ असोज , काठमाडौ । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङसहित तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
उनीहरूले ग्राहकबाट अनुचित रकम असुल गर्ने, रकम नदिएमा कुटपिट गर्ने र ज्यान लिने धम्की दिने गुनासो आएको थियो । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार सो रेष्टुरेन्टमा छापा मारेको थियो ।
त्यस क्रममा प्रहरीले रेष्टुरेन्टका सञ्चालक तामाङ र उनका दुई सहयोगी कृष्ण तामाङ र अजय तामाङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जना काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, …

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

२६ साउन , काठमाडौ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता भएको छ।
मौसममा आएको खराबीका कारण पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो । सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको थियो।
शनिबार बिहान फ्लाइट नम्बर यु ४-१३७ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् अवरुद्ध हुने

२६ साउन ,काठमाडौं । काठमाडौँको थानकोट क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ।
थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा …

काठमाडौको कपनबाट फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

२३ साउन , काठमाडौ । सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको चरित्र हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारु रहेकी छन् ।
सामाजिक सञ्जालबाट पीडित युवतीको फोटो डाउनलोड गरी कल गर्ल नामको फेक अकाउण्ट बनाई मानसिक तनाव दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले थारुलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

नुवाकोटको सुर्यचौरमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२३ साउन , काठमाडौ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर आज दिउँसो १ बजेर ५४ मिनेटमा नुवाकोटको शिवपुरी १ स्थित सुर्यचौरमा खसेर आगो लागेका कारण ४ जनाको घटनास्थलै मृत्यु भएको खबर प्राप्त भएको छ ।
हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला० र जेमिङ सी (पुरुष) रहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित सुर्य चौरमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ …

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

१३ साउन , काठमाडौ । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

काठमाडौं उपत्यकामा पोलियोविरुद्धको अभियान आजदेखि

९ साउन , काठमाडौ । सरकारले काठमाडौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ ।
काठमाडौंमा ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाडौं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले आजदेखि १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ ।

पाल्पा र काठमाडौंमा भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आग्रह

७ साउन , काठमाडौ । पछिल्लो तीन घण्टामा काठमाडौंको कपनसहित विभिन्न ठाउँमा भारी वर्षामापन गरिएको छ ।
साथै वर्षामापन केन्द्रका अनुसार पाल्पाको अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो । यस्तै पछिल्लो तीन घण्टामा काठमाडौंंको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ ।
काठमाण्डौको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनौति दिदै, मलाइ कसैले पक्राउ गर्न सक्दैन

श्रावन ३ ,काठमाडौ । काठमाडौंको कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाको नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ।
बालबालिका बेचबिखनमा संलग्न रहेका महतोको बारे समाचार प्रकाशित भएपछि कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्र धाउदै हारगुहार मागिरहेका थिए। तर अहिले महतोले प्रहरीदेखि पत्रकारसम्मलाइ मिलाइ सकेको छु अब कसैले केही गर्न सक्दैन भन्दै छाती फुलाएर हिडी रहेका छन्।
अनुसन्धान गरेर कानुनी कारबाही हुनुपर्नेमा प्रहरीले नै उल्टै संरक्षण गरे जस्तो देखिनुले प्रहरीमाथि नै आशंका गर्नुपर्ने अवस्था सृजना भएको छ। आरोपित महतोले पनि प्रहरीले नै सामन्य हो केही हुँदै भनेर भनेको बताउदै आएका …

You Missed

फोहोरमैलाको  ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
हार्दिक बधाई तथा शुभकामना !
मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन
उपत्यकाभित्र नो हर्ज प्लिज कडाईका साथ लागू गर्छौं : एसएसपी विनोद घिमिरे
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा
बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ
वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode