टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने
१३ असार , काठमाडौ । काठमाडौँको टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा किरिया खर्च दिने भएको छ।
नगर क्षेत्रमा बसोबास गरेका कुनै पनि नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको हो।
यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिइन्। त्यसका लागि किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ।
त्यसैगरी चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गर्न रकम विनियोजन गरिएको छ। टोखाको चाकुलाई देश तथा विदेशमा प्रचार गर्न स्तम्भ सहयोगी हुने अपेक्षा …