थप ३७ जनामा कोरोना संक्रमण
३० वैशाख , काठमाडौ । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १२६ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
५ वैशाख , काठमाडौ । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।
थप ९९ जनामा कोरोना संक्रमण पुष्टि : काठमाडौँमा ४ जना भेन्टिलेटरमा
३ वैशाख ,काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।
थप १२१ मा कोरोना संक्रमण: १ जनाको मृत्यु
२९ चैत , काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।
यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।
थप ९९ जनामा कोरोना संक्रमण
२४ चैत , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।
शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चारजना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकै दिन ६९ जनामा कोरोना संक्रमण
१२ चैत , काठमाडौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ ।
यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।
‘भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा …
थप १४ जनामा कोरोना संक्रमण पुष्टि
२२ कात्तिक , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।
हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण
२ भदौ , काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।
हाल देशभर ५ हजार …
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दोब्बरले वृद्धि
१५ साउन , काठमाडौ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा संक्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
दुई हप्ता अगाडि शून्यमा झरेको …
आरजु देउवालाई कोरोना संक्रमण
१६ असार , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेनटाइनमा बसेकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेनटाइनमा बसेकी हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।