पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित
१६ भदौ , काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा थप २६९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३५५७ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
नेपालमा पछिल्लो १ दिनमा २१५ जना कोरोनामुक्त भएका छन् । यससँगै मन्त्रालयका अनुसार नेपालमा अहिलेको अवसमा ३१५८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै गत २४ घन्टामा नेपालमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ पुगेको छ ।
चितवनमा बढे कोरोना संक्रमित
३१ असार , काठमाडौं । चितवन जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उनले जानकारी दिइन्। फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो ।
कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको अधिकृत ढकालले बताइन् । कार्यालयका निमित्त …
चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित
६ वैशाख , काठमाडौ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।
चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो …
खोटाङमा कोरोना संक्रमितको संख्या ३६ मा झर्यो
१३ फागुन , काठमाडौं । खोटाङमा कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ३६ मा झरेको छ । बिहीबार ४१ जना सक्रिया संक्रमित रहेको जिल्लामा संक्रमण दर निरन्तर ओरालो लागिरहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । शुक्रबार थप पाँचजनाले संक्रमण जितेका हुन् ।
१० जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।
जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म तीन हजार चार सय ८८ जनालाई संक्रमण पुष्टि हुँदा निको हुनेको कुल संख्या तीन …
काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित
१३ फागुन , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
विन्टर ओलम्पिक : ३० खेलाडीमा कोरोना संक्रमित
२५ माघ , काठमाडौं । बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।
‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित ।’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो नभएको बताए । हाल ओलम्पिक बबलमा ३९३ पोजिटिभ केस रहेको बताइएको छ । …
नेपालमा थप ३५४० कोरोना संक्रमित
१६ माघ , काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र ३२३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा ६३५९ जना निको भएका छन् । यस्तै पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हाल नेपालमा ८३ हजार ९९९ जना सक्रिय संक्रमित छन्।
थपिए ६ हजार ४६२ जनामा कोरोना संक्रमित , ४ को मृत्यु
९ माघ , काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको पीसीआर परीक्षणमा ५५५८ र ४ हजार ६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित
८ माघ , काठमाडौ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए । पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।
सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित …
भारतमा एकैदिन दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित
२९ पुष, काठमाडौ । भारतमा एकैदिन कोरोना भाइरसबाट दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको …