साहित्यकार प्रधानका सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक लोकार्पण : महानिरीक्षक बसन्त बहादुर कुँवर

२६ साउन , काठमाडौ । साहित्यकार नवीन प्रधानद्धारा रचित सादृश्य विम्ब कथासंग्रह र लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ ।
आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए ।

उनले भने, ‘पेसागत व्यस्थताका साथसाथै गरेका अनुभवका कुराहरुलाई कृतिमार्फत प्रस्तुत गर्न निकै गाह्रो हुन्छ, समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदारहँदै पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर …

नेपाल प्रहरीमा भर्ना खुल्यो ,कुन पदमा कति ?

२६ माघ , काठमाडौ । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । 
नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको हो । यसैगरी भान्छे ५३, हजाम ७, कुचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको …

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सानोठिमी–सल्लाघारी सडक अवरोध

८ मंसिर, काठमाडौ । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंको रिहाइको माग गदै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रवार उनीहरुले प्रसाईंको रिहाइको माग गर्दै भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका हुन् ।
भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ । प्रहरी परिचालनपछि प्रसाईं घरबाट बाहिर निस्किन सकेका छैनन् । प्रसाईंले आफू होम एरेस्टमा रहेको बताएका छन् ।

मकवानपुरमा वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा

२९ जेठ , काठमाडौ । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।
वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ । त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम …

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

२५ चैत , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना महामारीपछि आयुर्वेद उपचारतर्फ बिरामीको आकर्षण बढ्यो

२२ पुष , काठमाडौ । कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फ उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७र७८ मा ५६ हजार १२३ जनाले सेवा लिएका छन् ।
सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार २९९, योग सेवा दुई हजार ८४३, पूर्वकर्मरपञ्चकर्म सेवा दुई हजार ७९४, ज्येष्ठ नागरिक सेवा एक हजार, स्तनपायी आमा तथा शिशु सेवा १८९, नागरिक आरोग्य स्वास्थ्य सेवा ११ हजार ४४, अन्य सेवा ८१३ जनाले लिएका छन् । यस्तै, औषधालय सेवा २९ हजार ८२३ जनाले लिएका छन् ।
आव २०७६/७७ मा आठ हजार …

फिलिपिन्समा कोरोनाले एकै दिन ४८ जनाको मृत्यु

२९ साउन , काठमाडौ । फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।
यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।
गत जनवरी १५ मा ३९ हजार …

पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित

१७ फागुन, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ४४५८ पिसिआर परीक्षणबाट र २०४६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

भारतमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या घट्दै

१७ फागुन, काठमाण्डौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् ।
सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त …

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार कोरोना संक्रमित

१६ फागुन, काठमाण्डौं । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए ।
यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो । …

You Missed

फोहोरमैलाको  ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
हार्दिक बधाई तथा शुभकामना !
मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन
उपत्यकाभित्र नो हर्ज प्लिज कडाईका साथ लागू गर्छौं : एसएसपी विनोद घिमिरे
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा
बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ
वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode