कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते
१६ पुष, काठमाडौ । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी छ । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।
सर्पले डस्दा बहिनीको मृत्यु, दिदी गम्भीर घाइते
१७ असोज , काठमाडौ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।
सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।
गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए । भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ ।
महांकाल मन्दिरमा पानी ट्याङ्कर ठोक्किँदा चालक गम्भीर घाइते
१५ साउन , काठमाडौ । महांकाल मन्दिरमा पानी ट्याङ्कर ठोक्किएको छ । चालक गम्भीर घाइते भएका छन् ।
त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
१२ हजार लिटर क्षमताको ट्याङ्कर ठोक्किँदा ५९ वर्षीय चालक चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनलाई अहिले उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
भालुको आक्रमणबाट युवती गम्भीर घाइते
६ पुष काठमाडौ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट छन् ।
बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए। उनका अनुसार बिष्टको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।