काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकाको परिचय
२८ वैशाख , काठमाडौ । चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ ।
यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा …