काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकाको परिचय
२८ वैशाख , काठमाडौ । चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेश काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ ।
यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो । मिति २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविक स्थानीय विकास मन्त्रालय हाल संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट गा.वि.स, दहचोक गा.वि.स, नैकाप नयाँभञ्ज्याङ गा.वि.स, वाडभञ्ज्याङ गा.वि.स, बलम्वु गा.वि.स, महादेवस्थान गा.वि.स, तीनथाना गा.वि.स, सतुंगल गा.वि.स, मातातीर्थ गा.वि.स, मच्छेगाउँ गा.वि.स र नैकाप पुरानोभञ्ज्याङ गा.वि.स गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर २५ वटा वडा …
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता
१७ वैशाख , काठमाडौ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।
काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।
चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका प्रमुखका उम्मेदवार दिलबहादुर श्रेष्ठ, माओवादी केन्द्रकै उपप्रमुखकी उम्मेदवार रुपा महर्जन र कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार यमुनादेवी …