चाडपर्वको मौका छोपी चिनियाँ नागरिकको घरमा चोरी, चारजना पक्राउ

२५ असोज , काठमाडौ । दशैंको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अन्जली ताम्राकारको घरमा चोरी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ छन् ।
उनीहरुले ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा …

पैसा लिएर १४ वर्षीया बालिकाको चिनियाँ नागरिकसँग विवाह गरिदिएपछि…

३१ साउन , काठमाडौ । बालिकालाई प्रलोभन देखाएर चिनियाँ नागरिकसँग विवाह गरिदिएको आरोपमा दुई महिलासहित तीनजना पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पक्राउ परेका दुई महिलाले बालिका मिलाइदिएबापत चिनियाँ नागरिकसँग रकम लिएको खुलेको छ । लमजुङ घर भई पोखरा–१६ बस्ने २२ वर्षीय सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षीय भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँगै चीनको हुनान प्रान्तका ३१ वर्षीय झी मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखरा–६ स्थित एक गेस्ट हाउसमा बस्दै आएका थिए । पक्राउ परेका दुई महिलाले एक १४ वर्षीय बालिकालाई फकाएर ती चिनियाँ …

भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ जेठ , काठमाडौ । प्रहरीले सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका १० भातेढिकुरस्थित पेट्रोल पम्प नजिकैबाट ६९ लाख ५ हजार रूपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूमाथि …

दोलखा सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

१६ असोज , काठमाडौ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्यूरो । (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रधान र तामाङलाई काठमाडौँ टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको …

सुन तस्करी प्रकरण- चिनियाँ नागरिक बस्ने घर शिल

११ साउन , काठमाडौ । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले शिल गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले खानतलासी गरेर शिल गरेको हो ।
खानतलासीको क्रममा विभागले केही बाकसहरु बरामद गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ । अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode