पेनाल्टीमा चुकेपछि भक्कानिए रोनाल्डो
१८ असार, काठमाडौ । युरोपियन च्याम्पियनसिप (युरो कप) अन्तर्गत मङ्गलवार राती भएको प्रिक्वाटरफाइनलमा पूर्वविजेता पोर्चुगलले स्लोभानियामाथि जित हात पार्न टाइब्रेकर कुर्नु पर्यो।
पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले तीनवटा प्रहार रोकेपछि स्लोभानिया ३-० ले पराजित भएर अन्तिम १६ बाटै बाहिरिन पुग्यो।
नतिजापछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई हात जोडेर आफ्ना दर्शकसँग माफी मागेका थिए। त्यसको कारण के थियो भने अतिरिक्त समयमा रोनाल्डो पेनाल्टीमा नचुकेको भए यो खेल टाइब्रेकरसम्म पुग्दैन थियो।
एक सय ५ औँ मिनेटमा रोनाल्डोको पेनाल्टीलाई स्लोभानियाका गोलकिपर यान ओल्बाकले डाइभ गर्दै रोकेका थिए। बार च्यापेर गरेको प्रहार ओल्बाकले रोकेपछि रोनाल्डो भक्कानिए।
उनलाई …