जयशंकरलाई भेट्न द्वारिकाज होटलमा तीन पूर्वप्रधानमन्त्रीसहित नेताहरूको लर्को
२० पुष ,काठमाडौ । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई भेट्न हिजो काठमाडौंको एक होटलमा शीर्ष नेताहरूको लर्को लाग्यो । लर्कोमा तीनजना पूर्वप्रधानमन्त्रीसमेत थिए ।
भारतीय विदेशमन्त्री नेपाल आउनासाथ शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । दाहालसँग उनको सामूहिक साथै वान टु वान वार्तासमेत भएको थियो । सामान्यतया समकक्षी नेताहरूबीच वान टु वान वार्ताको अभ्यास भए पनि प्रधानमन्त्रीले विदेशमन्त्रीसँग वान टु वान बस्नु अस्वाभाविक मानिन्छ ।
विदेशमन्त्री जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाए । उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज …