स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
१२ असार , काठमाडौ । सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरू विवादित अभिव्यक्ति दिने गर्दछन्।
यसैबीच कान्तिपुर टीभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ। सो कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण विवाद बढेको हो।
सो कार्यक्रममा जसिता गुरुङको व्यक्तिगत जीवनको प्रसङ्ग उल्लेख गरेपछि विवाद बढेको छ।
कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् रु भन्ने प्रश्नको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि …