डीआईजी पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश
८ साउन , काठमाडौ । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनि नियुक्ति नपाएर डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश गरेको छ ।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको हो । सर्वोच्चको एकल इजलासको यो आदेशसँगै पोखरेलको माग अव न्यायिक परीक्षण हुने भएको छ । उनले बुधवार नयाँ रिट पेस गर्दै दर्ता गराउने छन् अनि सर्वोच्चको एकल इजलासमा सुनुवाइ हुने छ।
आफ्नो नाम सिफारिस भएको तर नियुक्ति नदिने कार्य गैर कानुनी भएको र आफूमाथि …
सेवानिवृत्त एआईजी जोशी र डीआईजी पोखरेललाई आईजीपी कुँवरले गरे विदाइ
२२ असार , काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका एआईजी उमेश राज जोशी र डीआईजी पोष राज पोखरेललाई विदाइ गरेका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी कुँवरले उनीहरुको विदाइ गरेका हुन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित …