खुट्टा कुल्चेको विषयमा विवाद, ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

३० असार , काठमाडौँ । काठमाडौँको चावहिलमा ड्युटीमा खटिएका सादा पोशाकका प्रहरीलाई आक्रमण गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोह्रखुट्टे बस्ने सन्तोष भट्ट र राज थेवे छन् ।
चाबहिलको मेडिकेयर अस्पताल नजिकै सादा पोसाकमा खटिएका प्रहरीलाई उनीहरूले इट्टाले प्रहार गरेको प्रहरी वृत्त गौशालाका डिएसपी केशव भट्टराईले रातोपाटीलाई बताए । ३ जना प्रहरी र आरोपीहरूको बीचमा खुट्टा कुल्चेको विषयमा विवाद भएको थियो । ईट्टा प्रहारबाट दुई जना प्रहरीलाई चोट लागेको छ । ​आरोपीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

You Missed

तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

Primary Color

Secondary Color

Layout Mode