आफैलाई जोगाउन नसकेको त्यो दिन…
१४ साउन , काठमाडौ । यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लागे ।
खोलामा अवैध उत्खनन् भइरहेको सूचना भने गलत निस्कियो । यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो ।
गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता …