महाकालीमा भारतले निर्माण गरेको तट्बन्धन हटाउने मौखिक सहमति
२१ मंसिर , काठमाडौं । महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपाल तर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ । बुधबार भारतको धार्चुलामा दुई देशका सुरक्षा अभिकारीबीच भएको छलफल पछि भारतले निर्माण गरेको तट्बन्धनका कारण नदीको धार नेपालतर्फ मोडिएको स्थानमा तट्बन्धन हटाउने मौखिक सहमति भएको हो । छलफलमा नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र भारतका तर्फबाट पिथौरागढकी डिएम (डिष्ट्रिक्ट मजिष्टेट) रिमा जोशी सहभागि रहेका थिए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार भारतले निर्माण गरेको तट्बन्धन …