तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

७ फागुन , काठमाडौ । तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।
आबुखैरेनी गाउँपालिका– १ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको हो ।
मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।

तनहुँमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

८ माघ ,काठमाडौ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।
दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।
ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा …

तनहुँको कमलबारीमा बस दुर्घटना, १८ जना घाइते

१ पुष , काठमाडौ । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।
ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् ।
त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, …

तनहुँको हलेदीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

१७ पुष , काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घाइते उहाँको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा साँझ ५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक सोही ठाउँ बस्ने ३३ वर्षीया लीलादेवी नेपाली घाइते भएका छन्। …

तनहुँमा २१ सुत्केरीलाई पोषण भत्ता

१० कार्तिक , काठमाडौ । तनहुँको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही रु पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।
सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । “स्वस्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक पर्छ ।” उनले भने, “गर्भवती चरणदेखि नै महिलालाई स्वास्थ्य बनाउन गाउँपालिकाले यस कार्यक्रम ल्याएको हो ।”
महिलालाई स्वास्थ्य …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode