गल्ती गर्ने सर्वेन्द्र : तनाव झेल्ने एआइजी
२ मंसिर, काठमाडौ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको गलत पुलिसिङका कारण दर्जनौं प्रहरी अधिकारीले तनाव झेल्नुपरेको छ ।
कानून कारबाही भन्दा गोली हानेर अपराधती तर्साउने खनालको नीतिले प्रहरी बदनाम हुुनका साथै कतिपय प्रहरीको जागिर नै धरापमा परेको छ ।
यसबाट पीडित हुने पछिल्लो अधिकारी एआइजी हरि पाल हुन् । कुमार पौडेल इन्काउन्टर घटनामा एआइजी पालविरुद्ध समेत जाहेरी दर्ता भएको छ । जबकी त्यो घटनामा उनको कुनै संलग्नता नै थिएन । तत्कालिन प्रहरी महानिरीक्षक खनालले काठमाडौंबाट आफ्नो बिशेष टोली पठाएर पौडेललाई गोली हान्न लगाएका थिए । इन्सपेक्टर केडी शाह नेतृत्वको टोलीले पौडेललाई …