तनावपूर्ण खेलमा अर्जेन्टिनासँग हार्यो ब्राजिल
६ मंसिर , काठमाडौ । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराएको छ ।
तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।
८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो ।
ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।
ज्यामिरेमा तनाव, सेनाले स्थिति नियन्त्रणमा लियो
३० बैशाख , काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिन्छ ।अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिए ।
पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ । सिन्धुपाल्चोकका निर्वाचन अधिकृत …