जिल्ला सभापतिहरुसँग देउवाले भने- तपाइँहरुको मागप्रति प्रतिबद्ध छु
२३ भदौ , काठमाडौँ । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कम्तीमा एकमत रुखमा हाल्नेगरी गठबन्धन गर्न माग गरेका छन् ।
बिहीबार बागमती प्रदेशका जिल्लाका सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उक्त सुझाव दिएका छन् ।
आठ जिल्लाका सभापतिहरूले आफूहरू गठबन्धन गरेर निर्वाचनमा जाने पार्टी पक्षमै रहेको बताएका थिए । तर, गठबन्धन गर्दा कांग्रेसका सबै मतदाताले ‘समानुपातिक’बाहेक कम्तीमा एकमत प्रत्यक्षमा रुखमा हाल्न पाउनुपर्ने उनीहरुको माग गरेका छन् ।
दोलखा कांग्रेसका सभापति बर्मा लामाले प्रत्यक्षमा कम्तीमा एकमत रुखमा हाल्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला सभापतिहरूले प्रतिनिधिसभाको सीट कांग्रेसले पाएका …