अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नुस्- गृहमन्त्री
१ वैशाख , काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
‘कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ, त्यो अनुकूल वातावरण बनाउनुछ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।’
उनले बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको …