चिनियाँ कम्पनीले निर्माण गरिरहेको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’
३२ असार , काठमाडौं । चिनियाँ कम्पनीले निर्माण गरिरहेको ताप्लेजुङ — ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ। आयोजना प्रमुख मणि पोख्रेलका अनुसार शुक्रबार राति १०:३० बजेतिर सुरुङ जोडिएको हो। यो आयोजनाले ड्याम बन्ने मित्लुङ र पावर हाउस राखिने थुम्वा गरी दुईतिरवाट सुरुङ खन्दै आएको कान्तिपुर अनलाइनले लेखेको छ।
ताप्लेजुङमा निर्माणाधीन सबैभन्दा ठूलो यो आयोजनाको लागत १२ अर्ब रुपैयाँ रहेको छ। ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्वपुँजी रहने आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। निर्माण कार्यमा भने अधिकांश नेपाली कामदार रहेका छन्। जलविद्यु्त् …