डोजरसहित तयारी अवस्थामा बालेन टिम, आज कुन क्षेत्रमा जाँदैछन् त ?
१० भदौ , काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को टोली आज (शुक्रबार) पनि अनधिकृत संरचना भत्काउने तयारीमा छ ।
शुक्रबारका लागि बिहीबार नै योजना तयार भइसकेको मेयर सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जनाए । तर उनले कहाँ जाने भन्ने कुराको अहिले नै सार्वजनिक नगर्ने पनि जनाए ।
यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए । यसअघि मेयर बालेनले शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट र नबिल बैंकको न्यूरोड …