ईसेवा अब नेपाली भाषामै चलाउन सकिने, यस्तो छ तरिका
६ फागुन , काठमाडौ । भुक्तानी सेवा प्रदायक ईसेवा आफ्नो मोबाइल एप नेपाली भाषामा चलाउन सकिने फिचर ल्याएको छ । ‘ईसेवा अब आफ्नै भाषामा’ नारासहित कम्पनीले यो फिचर ल्याएको हो ।
हाल यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध छ । ओईओएसमा पनि चाँडै नै यो फिचरसहित नयाँ अपडेट ल्याउने कम्पनीले जनाएको छ ।
नेपाली भाषामा कसरी चलाउने ईसेवा एप ?
-सबैभन्दा सुरुमा ईसेवा एप खोल्नुहोस् । त्यहाँ तल कुना तिर ‘मोर’ भन्ने विकल्प छ । त्यसमा क्लिक गर्नहुोस् ।
-अब नयाँ पेजमा स्क्रोल गर्दै तल जानुहोस् । त्यहाँ तपाईंले ‘चेन्ज ल्याङ्ग्वेज’ देख्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।
-त्यहाँ तपाईंले अङ्ग्रेजी …
यस्तो छ फेसबुक पोस्ट बुस्ट गर्ने तरिका
६ कात्तिक , काठमाडौ । सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । विशेषगरी हामीले व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौँ । त्यसबाहेक कतिपयले व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेका हुन्छन् ।
विशेषगरी आफ्ना कुनै पनि उत्पादन वा प्रचार गर्नुपर्ने सामग्रीलाई सामाजिक सञ्जालका माध्यमबाट धेरैमाझ पुर्याउन सकिन्छ । चुनावको समयमा विशेषगरी सामाजिक सञ्जालबाट बुस्ट गर्ने प्रचलन बढी छ । सामाजिक सञ्जालमा पनि फेसबुक र टिकटकमार्फत प्रचार गर्दा उक्त पोस्ट धेरै प्रयोगकर्तामाझ पुग्ने गर्छ ।
आज हामीले यस लेखमार्फत विशेषगरी चुनावमा सामाजिक सञ्जालको पोस्ट कसरी बुस्ट (प्रचार) गर्न सकिन्छ भन्ने विषयमा …