कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो : प्रधानमन्त्री देउवा
२२ भाद्र , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसकेको बताएका छन ।
आज निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताए । उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए ।
उनले भने, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? व्यापक छलफल गरौँ । हामी त पाँच …