कोरियाली सरकारले बढायो श्रमिकको तलब
१२ पुष काठमाडौ । दक्षिण कोरियामा काम गर्नेहरुको तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितीको बैठकले न्यूनतम तलब प्रतिघण्टा ९ हजार १ सय ६० वन पुर्याएको छ ।
यो रकम गत बर्षको भन्दा ५ दशमलब १ प्रतिशतले बढेको हो । अब कोरियामा काम गर्नेहरुले प्रतिघण्टा न्यूनतम करिब ८ डलर आम्दानी गर्नेछन। न्यूनतम ज्याला निर्धारण समिती जसमा ९ जना सदस्यहरु रहने गर्दछन ।
यस समितीमा मजदुरका पक्षबाट, ब्यवसायीहरुको तर्फबाट र सर्वसाधारण बाट प्रतिनिधित्व हुने गर्दछ। सोमबार सरकारी कम्प्लेक्स सेजोङमा भएको लामो मिटिङले मध्यरातमा ज्याला बढाउने निर्णय गरेको थियो ।