गोरखाका एसपी शेखर खनालले प्रहरी कर्मचारीलाई रेडिमेट म्याट्रेस वितरण
९ माघ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय गोरखाले तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने हेतुले विगत लामो समय देखि जिल्ला प्रहरी गोरखा कार्यालको आन्तरिक कल्याणकारी कोष मार्फत विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्ने, बिशेष प्रकृतिका घटनाहरुमा प्रहरी कर्मचारीहरुलाई सहयोग गर्ने, गुनासो सुनुवाई गर्ने एवं कार्यालयकोभौतिक श्रोत साधन सम्पन्न बनाउने हेतुले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय गोरखाको आन्तरिक कल्याणकारी कोषमा विभिन्न श्रोतहरुबाट जम्मा हुन आएको प्रोत्साहन रकमको समुचित उपयोग गर्दै जुनियर तहका प्रहरी कर्मचारीहरुको हकहितलाई मध्यनजर गरी मंसिर महिनामा २१० थान ट्रयाकसुटहरु …