राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ
२ श्रावण , काठमाडौं । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ । यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।
खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५ सय ११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६सय ७२ दशमलव चार …