साउदी रियाल देखाएर ठगी गर्ने तीन जना पक्राउ

२१ जेठ , काठमाडौ । साउदीको रियाल देखाएर ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली दुधौलीका दीपक तामाङ, टेकबहादुर घिसिङ र निरबहादुर तामाङ छन् ।
प्रहरीले उनीहरुको साथबाट १०० दरको साउदी रियाल २ थान, नेपाली रुपैयाँ १० को १०० थान, प्रदेश १–०५–००१ प ८०३७ नम्बरको मोटरसाइकल, बा ४६ प ९७७५ नम्बरको स्कुटर र ३ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले रामेछापको दोरम्बा गाउँपालिका–७ घर भई काठमाडौं बस्दै आएकी ५८ वर्षीया चन्दरी …

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

४ असोज, काठमाडौ । प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।
पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात …

पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ

११ साउन , काठमाडौ । बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागू औषध अफिमसहित तीन जना पक्राउ परेका छन्।
कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागू औषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका …

निर्माण व्यवसायीमाथि खुकुरी हान्ने तीन जना पक्राउ

८ साउन , काठमाडौ । बुटवलको कालिकापथमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार गर्ने तीनजना पक्राउ परेका छन् । कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीका छोरा निर्मल खत्रीलाई होराइजन चोक नजिकै खुकरी प्रहार गरेको आरोपमा आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई शरीर अंगभंग अभियोगमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । खुकुरी तथा ढुंगा मुढा प्रहारबाट घाइते भएका निर्मलको टाउकोमा ६० वटा टाँका लगाइएको छ ।
डीएसपी थापाका अनुसार बिहीबार साँझ पीच गर्नका लागि कालोपत्रे लगाएर राखेको सडकमा स्थानीय व्यापारी …

गोरखामा भरुवा बन्दुक सहित तीन जना पक्राउ

३१ असार , काठमाडौ । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका-९ नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुल बहादुर घर्ती रहेका छन् ।
शुक्रबार पक्राउ परेका उनीहरु बिरुद्ध आइतबार हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
अवैध रुपमा बन्दुक लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुको घरमा एकरएक थान भरुवा बन्दुक फेला परेको उनले जानकारी दिए । उक्त बन्दुकहरु प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको …

होटलबाट ७३१ थान राहदानी सहित तीन जना पक्राउ

५ माघ , काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

जुवा खलिरहेको अवस्थामा तीन जना पक्राउ

२६ पुष , काठमाडौं । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल खड्का गाउँस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ नयाँपाटी बस्ने ४२ वर्षीय रविन्द्र बिष्ट लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ७ सय ९० रूपैयाँ र २ वटा ओखर सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौंको शिवपुरी जंगलमा ओखर खेल्ने तीन जना पक्राउ

२६ पुष , काठमाडौं । काठमाडौंको शिवपुरी जंगलमा नगद हार-जित हुने गरी ओखर खेलेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धले सोमबार अपराह्न पौने ५ बजे एक लाख ५ हजार ७९० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौंको सुन्दरीजल बस्ने ४६ वर्षीय रविन्‍द्र विष्ट, ५० वर्षीय पागिमा शेर्पा र ३९ वर्षीय रामशरण गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-२ शिवपुर जंगलभित्र बराही मन्दिर नजिकैबाट पक्राउ गरेको हो।
उनीहरूले पैसा हार-जित हुने गरी ओखर खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई …

भरुवा बन्दुक १ थान सहित तीन जना पक्राउ

२४ पुष , काठमाडौं । फेदीखोला गाउँपालिका-१ रामकोटबाट बाह्र बोरको एकनाले भरुवा बन्दुक १ थान र ४ राउन्ड गोली सहित सोही गाउँपालिका-१ उपल्लो कुडुले बस्ने ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त बन्दुक बोकी शिकार खेल्न हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नीलगाई मार्ने तीन जना पक्राउ

१६ पुष , काठमाडौं । कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेको जनाइएको …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode