दाउन्नेमा सडक भासिएर यातायात सञ्चालनमा रोक
२९ साउन , काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।
विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ …
मुग्लिङमा ट्रक र माइक्रो बस ठोक्किदा ६ जना घाइते
१२ असार , काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै १ नम्बर पुलमा माइक्रो बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । केही बेर अघि करिब ५ बजेतिर उक्त दुर्घटना भएको हो ।
काठमाडौंबाट प्रगतिनगर नवलपुर जाँदै गरेको प्रदेश ०३-१-००५ ख ९४९५ नम्बरको हायस माइक्रो र नवलपुर बाट सिमेन्ट लिएर काठमाडौ आउदै गरेको ना ८ ख ५६५५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि माइक्रो चालक सहित माइक्रोमा सवार आधा दर्जन यात्रु घाइते भएको छ । घाइतेहरुको उद्वार गरि उपचारका लागि भरतपुर पठाइएको छ भने दुर्घटनाका …